८ बैशाख २०८१, शनिबार
Follow Us

एनआरएन बेल्जियममा पुनः गंगाधर गौतमको उम्मेद्धवारी

नेपालब्रिटेन डट कम्
६ असार २०७४, मंगलवार ०९:२८

लण्डन । गैरआवासीय नेपाली संघ बेल्जियमको आगामी कार्यकालको लागि वर्तमान अध्यक्ष गंगाधर गौतमले पुनः उम्मेदवारी घोषणा गरेका छन् । गैरआवासीय नेपाली संघको अगष्ट महिनामा हुने निर्वाचनको लागि उनले आफुलाई सर्वसम्मत उम्मेदवार रुपमा प्रस्तुत गरेका हुन् ।

गौतमले एनआरएन बेल्जियमा फेरी निर्वाचन हुने वातावरण नहोस् भन्ने उदेश्यले आफुले पुनः उम्मेदवारी घोषणा गरेको वताए । गौतमले आफ्नो नाममा सर्वसम्मत हुने समेत दावी गरे । उनले नेपाली जनसम्पर्क समितिका सबै साथीहरुले एक भएर सहयोग गरे आफु सर्वसम्मत अध्यक्ष बन्ने वताए ।

यसअघि नेपाली जनम्पर्क समिति बेल्जियमले सुभास जोशीलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । गौतमले सर्वसम्मत हुने अवस्थामा मात्र आफ्नो उम्मेदवारी कायम रहने वताए ।