१३ बैशाख २०८१, बिहीबार
Follow Us

भरतपुरमा च्यातिएका मतपत्र उपलब्ध गराउन आयोगलाई सर्वोच्चको आदेश

नेपालब्रिटेन डट कम्
६ असार २०७४, मंगलवार ११:१८

काठमाडौं । सर्वोच्च अदालतले चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १९ को मतपत्र अदालत झिकाएको छ । भरतपुरको १९ नं. वडामा पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले च्यातिएका मतपत्र अदालतमा ल्याउन आदेश जारी गरेको हो ।
पटकपटक सरेको सुनुवाईमाथि आज निर्णायक आदेश आउने भनिएता पनि सर्वोच्च अदालतले मतगणनाको क्रममा च्यातिएको मतपत्र झिकाउन आदेश जारी गरेको हो । सर्वोच्च अदालतले सुनुवाई गर्दै महानगरमा मतगणना गर्ने र वा पुनः मतदान भन्ने विषयमा च्यातिएको मतपत्र हेरेपछि मात्र निर्णय लिन सकिने भन्दै च्यातिएका मतपत्र झिकाउन निर्वाचन आयोगले अन्तरिम आदेश दिएको छ ।
कायमुकायम प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश हरिकृष्ण कार्कीको इजलासले वडा नम्बर १९ मा च्यातिएका मतपत्र झिकाएर यथाशीघ्र झिकाउन अयोगको नाममा आदेश जारी गरेको हो । जेठ १४ गते मतगणना भइरहेका बेला माओवादी केन्द्रका प्रतिनिधिले ९० वटा मतपत्र च्यातेपछि मतगणनास्थल अनाधिकृत कब्जा भएको पुष्टि गर्दै निर्वाचन आयोगले १९ नम्बर वडामा फेरि मतदान गर्ने निर्णय गरेको थियो ।