८ बैशाख २०८१, शनिबार
Follow Us

लन्डनमा अर्घाखाँची जिल्लाबासीको कुम्भमेला लाग्ने

नेपालब्रिटेन डट कम्
६ असार २०७४, मंगलवार १६:४३

लण्डन । नेपालका बिभिन्न जिल्लाबाट वेलायत आएर बसोबास गर्ने नेपालीहरु संगठित हुनेक्रम जारी छ । यसै सन्दर्भमा आपसी सहयोग र सदभाव बढाउने उदेश्यले अर्घाखाँची देखी वेलायत आएर बिभिन्न पेशामा सकृय नेपालीहरुको भेला हुने भएको छ । सो भेला आयोजक मध्यका एक जीव वेलवासेका अनुसार सो भेला १२ अगष्टमा लण्डनस्थित ह्यारोमा आयोजना गरिन् लागिएको हो ।

भेला सम्पन्न गर्नको लागि बालकृष्ण भुसालको संयोजकत्वमा एक समितिको समेत गठन गरिएको छ । समितिमा जीव बेलबासे, बिपी खनाल र तुङ्ग भद्र भुसाल तोकिएका छन् ।

सोही दिन अर्घाखाँची जिल्ला समाज वेलायतको गठन गर्न बालकृष्ण भुसालको संयोजकत्वमा एक निर्वाचन समन्वयन समिति गठन गरिएको छ । अर्घाखाँची देखी वेलायत आएर बिभिन्न पेशामा संलग्न नेपाली समूदायतलाई सो भेलामा उपस्थित भैदिनु हुन आयोजकले आव्हान गरेका छन् ।