७ बैशाख २०८१, शुक्रबार
Follow Us

‘एनआरएन कप’ जर्मनीको ह्याम्वर्ग टिमको हातमा

नेपालब्रिटेन डट कम्
६ असार २०७४, मंगलवार १७:२१

लन्डन । नेपाली समुदाय जर्मनीमा फुटबलको बिकास गर्ने उद्देश्यका साथ स्थापना भएको एनआरएन जर्मनी कप ह्याम्वर्ग नेपाली कल्वले हात पारेको छ । मंगलवार ह्याम्वर्गमा सम्पन्न भएको फाइन खेलमा म्युनिख नेपाली टीमलाई १ बिरुद्ध २ गोलले आफ्नो जित निकाल्दै ह्याम्वर्गले सो कप हात पार्न सफल भएको हो ।

गैरआवासीय नेपाली संघ जर्मनीको आयोजनामा र एलसीसी सेस्सेनको संयोजनमा आयोजित सो खेल हेर्न जर्मनीका विभिन्न शहरबाट नेपालीहरु खेल मैदानमा उत्रिएका थिए । ८ टिमले प्रतिस्पर्धा गरेको खेलको अन्त्यमा विजेत तथा उपविजेताहरुलाई गैरआवासीय नेपाली संघका उपाध्यक्ष कुमार पन्तले प्रमाणपत्र तथा ट्रफी वितरण गरे ।

गैरआवासीय नेपाली संघ जर्मनीका अध्यक्ष नवराज रोस्यिाराका अनुसार खेल हेर्न उल्लेख्य रुपमा नेपालीको उपस्थिती थियो । कार्यक्रमको अन्त्यमा सुरेन्द्र प्रधानले खेलाडीहरुलाई बधाई तथा शुभकामना दिए ।