१२ बैशाख २०८१, बुधबार
Follow Us

छुरा हान्ने ४ युवती पक्राउ

नेपालब्रिटेन डट कम्
७ असार २०७४, बुधबार ०८:१७

काठमाडौं । ललितपुरमा युवतीहरुबीच विवाद हुँदा युवतीकै एक समूहले छुरा प्रहार गर्दा १७ वर्षीया कोपिला गिरी घाइते भएकी छन् । प्रहरीले बुधबार दिएको जानकारी अनुसार युवतीहरुको समूहले छुरा प्रहार गर्दा काभ्रे, बनेपा बस्ने कोपिला घाइते भएकी हुन् । मंगलबार ललितपुर महानगरपालिका–१५, सातदोबाटो चोक नजिक सो घटना भएको प्रहरीले जनाएको छ ।
बानेश्वर बस्ने सलिना राई लगायत ५ जनाको समूहले पुरानो विवादका कारण कोपिलालाई छुरा प्रहार गरेको बताइएको छ । घाइते कोपिलालाई उपचारका लागि धापाखेलस्थित सुमेरु अस्पतालमा पठाइएको छ । उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घटनामा संलग्न चार युवतीलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।