१४ बैशाख २०८१, शुक्रबार
Follow Us

काँग्रेसले बागी उम्मेदवारमाथी कारबाही गर्ने

नेपालब्रिटेन डट कम्
७ असार २०७४, बुधबार ०९:३४

काठमाडौं । नेपाली काँग्रेसले पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध उठ्ने बागी उम्मेदवारलाई कारबाही गर्ने भएको छ । काँग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी गर्दे यही असार १४ गते हुनलागेको स्थानीय तहको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध उठ्नेलाई कारबाही गर्ने जनाएको हो ।
विज्ञप्तिमा पार्टीका आधिकारिक उम्मेदवारका विरुद्ध पार्टीका कुनै सदस्यले बागी उम्मेदवारी दर्ता गरी निर्वाचन आयोगद्वारा तोकिएको समयसिमाभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिए त्यस्ता उम्मेदवार र निजको प्रस्तावक एवम् समर्थकलाई कारबाही गर्ने उल्लेख छ । काँग्रेसले पार्टीको विधान २०१७ (संशोधित र परिमार्जित) को धारा ४९ (११) (ख) अनुसार पार्टीबाट स्वतः निष्कासित गर्ने जनाएको छ ।