१४ बैशाख २०८१, शुक्रबार
Follow Us

एमाले वेलायतमा चुनावको माचो, योगेश भट्टराई लण्डन आउने

नेपालब्रिटेन डट कम्
७ असार २०७४, बुधबार ०९:५४

लण्डन । वेलायतस्थित नेकपा एमालेको भातृसंस्था प्रबासी नेपाली मंच यूकेको चौथो अधिबेशन आगामी २ जुलाई आइतबारका दिन ह्यारो फुटबल क्लबमा सम्पन्न हुने भएको छ । मंचका अध्यक्ष रामशरण सिमखडाका अनुसार अधिवेसन तयारी अन्तिम चरणमा पुगेको छ ।
उक्त अधिबेशनमा नेकपा एमालेका प्रचार बिभाग प्रमुख योगेश भट्टराई र पोलिटब्युरो सदस्य पूर्बमन्त्री प्रबाश बिभाग सह—ईन्चार्ज युबराज कार्की प्रमुख अतिथि र अतिथीकोरुपमा सहभागीहुने छन् ।

नेपाली डायस्पोरा बेलायतमा आफ्नो छुट्टै पहिचार र कृयाशिल देखाउन सफल प्रवासी मंचको आगामी अधिबेशनलाई संगठन भित्रै र बाहिर समेत चासोका साथ हेरीएकोले अधिबेशन भब्य र सफल पार्न अध्यक्ष सिमखडाले आग्रह गरे ।

प्रबासी नेपाली मंच बेलायतका संगठन बिभाग प्रमुख कमल खनाल तथा आर्थिक बिभाग प्रमुख कृष्ण भण्डारी अधिवेशनका लागी हालसम्म मंचको सदस्यता नबिकरण, सदस्यता स्थानान्तरण, नयाँ सदस्यता वितरण र जिल्ला कमिटीबाट त्यसको अनुमोदन भैसकेको जनाए ।

अधिबेशन उदघाटन शत्रमा प्रतिनिधि, पर्यबेक्षक, अतिथि र पत्रकारहरु गरी करिब दुई सय जनाको सहभागीता रहने प्रचार विभाग प्रमुख कुमार केसीले जानकारी दिए ।

केसीका अनुसार अधिबेशनमा स्कटल्याण्ड, वेल्स तथा बेलायतका बिभिन्न शहरहरुबाट अतिथी, प्रतिनिधि तथा पर्यबेक्षकहरुको उपस्थिति रहनेछ ।

हालसम्म रेडिंग इलाका र नर्थ वेस्ट लन्डन इलाका अधिबेशन सम्पन्न भैसकेको छ भने साउथ वेस्ट इलाका अधिबेशन आगामी शनिबार हुन गैरहेको छ ।

बेलायतका लागी नेपाली राजदुत डा. दुर्गा बहादुर सुबेदी बिशेष अतिथि रहने सो अधिबेशनमा बेलायतका नबनिर्बाचित सांसद ब्यारी गार्डनर, बेलायतमा अस्तित्वमा रहेका नेपालका बिभिन्न पार्टीका प्रमुख, गैर आबासीय नेपाली संघका युरोप संयोजक, गैर आबासीयसंघ बेलायतका अध्यक्ष तथा बिभिन्न संघसंस्थाका प्रमुखहरुलाई आमन्त्रण गरिएको छ ।

अधिबेशनलाई ब्यबस्थित गर्नको लागी बिभिन्न कार्य बिभाजन तथा उपसमितिहरु बनाइएको छ । उपसमितिमा प्रचार प्रसार समिति, सरस्वती केसीको संयोजकत्वमा खाद्य ब्यबस्थापन, कमल खनालको संयोजकत्वमा प्रतिनिधि प्रमाणीकरण, कृष्ण भण्डारीको संयोजकत्वमा आर्थिक संकलन , धन क्षेत्रीको संयोजकत्वमा स्वयंसेवक ब्यबस्थापन तथा मिलन घिमरेको संयोजकत्वमा हल ब्यबस्थापन समिति गठन गरिएको छ ।

मंचका महासचिग तुङ्ग भुसालका अनुसार नयां नेतृत्व चयनको लागी डा. बिष्णु घिमिरेको संयोजकत्वमा प्रा. डा पदम सिमखडा र शेखर शर्मा वाग्ले सदस्य रहेको ३ सदस्यिय निर्वाचन समिति गठन गरिएकोछ ।

रेडिंग, साउथ इस्ट लन्डन, नर्थ वेस्ट, साउथ वेस्ट गरी प्रबासी मंच बेलायतको हाल बिभिन्न चार वटा इलाका कमिटी सक्रिय रहेका छन भने देशका अन्य बिभिन्न क्षेत्रमा यसका सदस्यहरु रहेका छन ।

यसअघि मंचको नेतृत्व आङकल्जंग लामा र दिनेश घिमिरेले समालेका थिए । नयाँ नेतृत्वका लागि पूर्वमहासचिव राजेन्द्र पुडासैनी र रविन्द्र अधिकारीको नाम चर्चामा छ ।
1
2