१२ बैशाख २०८१, बुधबार
Follow Us

महारानीको सम्बोधनमा ट्रम्पको बेलायत भ्रमणबारे मौनता

नेपालब्रिटेन डट कम्
७ असार २०७४, बुधबार १५:५९

लन्डन । यस वर्षको अन्त्यमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायतको औपचारिक भ्रमण गर्ने कार्यक्रम रहेकोमा महारानी एलिजाबेथ द्वितीयले बुधबार संसदमा गर्नुभएको सम्बोधनमा यसबारे केही पनि उच्चारण गर्नुभएन । महारानीको यस मौनताले अब ट्रम्पको बेलायत भ्रमणको विषय नै अन्यौलमा परेको छ ।
राष्ट्रपति ट्रम्पको बेलायत भ्रमण होस् भन्ने पक्षमा सर्वसाधारण नरहेका तथ्य सञ्चार माध्यमहरुले यसअघि नै खुलासा गरिसकेका थिए । ट्रम्पको बेलायत भ्रमणको विषयलाई लिएर गरिएको एक लिखित र सार्वजनिक सर्वेक्षण गर्दा उहाँको भ्रमण रद्द गराउन माग गर्दै १८ लाख व्यक्तिले सही गरेका थिए ।