४ बैशाख २०८१, मंगलवार
Follow Us

अस्ट्रियाबासी नेपालीले सन्चल शाहलाई सहयोग गर्ने

नेपालब्रिटेन डट कम्
८ असार २०७४, बिहीबार ०६:२८

”नेपालीको लागी नेपाली ” कति गहन अर्थ बोकेको छ यो छोटो वाक्यले। हामी नेपालीहरुको मन जति दह्रो र कडा हुन्छ त्यति नै कोमल र सहयोगी पनि हुन्छ भन्ने उदाहरण धेरै पटक देखाई सकेको छौँ हामीले। चाहे त्यो मातृभूमिमा आपत बिपत आई परेको बेला होस् या बिदेशी भूमिमा आई परेको अपर्झट समस्याहरुमा, हामी सबै एक भएर अघि बढेको धेरै उदाहरण हरु छन्।
एनआरएनए कुनै नौलो नाम होइन विश्व नेपाली जगतमा। किनकि विश्वको कुना कुनामा छरिएर बसेका तपाईं हामी जस्ता कयौँको योगदान रहेको छ यो संस्थालाई अहिलेको अवस्थासम्म ल्याई पुर्याउन। त्यसै गरि एनआरएन अभियानमा आफ्नो अमुल्य समय र योगदान राष्ट्रिय समन्वय समिति साइप्रसको माध्यमबाट एक कार्यकाल अध्यक्ष्यको रुपमा दिनुभएका श्री चन्द्र किशोर शाहको परिवारलाई आज सारा नेपालीहरुको सहयोगको आवस्यकता आईपरेको छ। नेपालीलाई आईपरेको समयमा सहयोग गर्न हरेक अभियानहरुमा योगदान दिनुभएको श्री शाहको परिवारलाई आज हामी सबैको सहयोगको खाँचो परेको छ।
सन् २०१५ मा वहांको ५ बर्षीय सुपुत्र सन्चल शाहलाई रक्त क्यान्सर देखा परे अनुसार भारतको दिल्लीमा उपचार गरि ठिक हुदै गरेको अवस्थामा यो साल २०१७ मा फेरी अर्को रुपमा हड्डी भित्रको मासी सुक्ने क्यान्सर देखा परेको र शल्यक्रिया गरि ठिक हुने जारकारी चिकित्सकहरुबाट प्राप्त गर्नु भएकोले श्री शाहले सहयोगको लागि हार्दिक अपिल गर्नु भएको छ।
शल्यक्रिया जर्मनी या त अमेरिकामा गर्नु पर्ने र खर्च जम्मा १५०,००० यूरो ( एक लाख पचास हजार युरो ) लाग्ने देखिएकोले शुभ चिन्तक र इष्ट मित्रलाइ मात्र नभएर संघ संस्थाहरुमा सहयोगको लागि निवेदन चडाउनु भएकोले साइप्रसमा र अन्य मुलुकहरुमा सहयोग संकलन गर्ने अभियान चलि रहेको छ।
यसै अभियानमा साथ दिन अस्ट्रियाबासी नेपालीहरुपनि एक जुट भएका छन्। यसकोलागी १८ जुन २०१७ मा अस्ट्रिया स्थित भियन्नाको लांगेन्फेल्ड गास्से नेपाली भलिबल ग्राउण्डमा भेला भएका नेपालीहरुको बैठकले अस्ट्रियाबाट पनि चन्दा संकलन गरि सहयोग गर्ने निर्णय गरि श्री मनि राज थेबे को संयोजकत्वमा अस्ट्रियाको संघ संस्थाका प्रतिनिधिहरु समेत सम्मिलित ७ सदस्सीय चन्दा संकलन समिति गठन गरेको छ।
चन्दा संकलन समिति यस प्रकार छ :-
मनिराज थेबे (संयोजक)
विनोद खड्का (सदस्य) (प्रतिनिधि NRNA-NCC Austria)
डविन लामा गुरुङ (सदस्य) (प्रतिनिधि NESAS Austria)
भुपेन्द्र गुरुङ (सदस्य) (प्रतिनिधि नेपाली आदिबासी जनजाती महासंघ अस्ट्रिया)
डाईमण्ड राई (सदस्य) (प्रतिनिधि NRNA-LCC Graz)
मनोज बिष्ट + विकास कार्की ( सदस्य ) (प्रतिनिधि NRNA-LCC Salzburg)
निलम सेन्चुरी (सदस्य) (समाजसेवी नेपाली महिला प्रतिनिधि)
निता शर्मा चौलागाँई (सदस्य) NRNA-NCC Women Coordinator