८ बैशाख २०८१, शनिबार
Follow Us

निर्वाचनका बेला १० दिनसम्म मदिरा बिक्री वितरणमा रोक

नेपालब्रिटेन डट कम्
८ असार २०७४, बिहीबार ०६:५२

कञ्चनपुर । स्थानीय प्रशासनले कञ्चनपुरमा मदिरा बिक्री वितरणमा रोक लगाएको छ । असार १४ गते हुने स्थानीय तहको निर्वाचनलाई ध्यानमा राख्दै स्थानीय प्रशासनले १० दिनका लागि जिल्लामा मदिरा बिक्री वितरणमा रोक लगाएको हो ।
प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनालले आगामी १८ गतेसम्म जिल्लामा मदिरा उत्पादन, ओसारपसार, बिक्रीवितरण र सेवन गर्नेलाई कडा निगरानी गरी कारबाही गर्न मातहतका निकायलाई निर्देशन दिइएको बताए । त्यस्तै निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै असार १२ गतेदेखि ४८ घण्टाका लागि नेपाल–भारत सिमानाका पूर्णरुपमा बन्द गर्ने निर्णय भएको छ ।