November 24, 2020
6:40 AM | 12:25 PM

पूर्व राष्ट्रिय फुटबल खेलाडी शाही पक्राउ

  22/06/2017 मा प्रकाशित

काठमाडौं । प्रहरीले पूर्व राष्ट्रिय फुटबल खेलाडी लोकबहादुर शाहीलाई पक्राउ गरेको छ । प्रहरीको महानगरीय अपराध महाशाखाको टोलीले शाहीलाई आज टोखाबाट पक्राउ गरेको हो । महाशाखाका प्रमुख, वरिष्ठ प्रहरी उपरीक्षक दिनेश अमात्यले क्यानडा पठाइदिन्छु भन्दै युवालाई ठगी गरेको भन्दै परेको उजुरीको आधारमा अनुसन्धानका लागि शाहीलाई पक्राउ गरीएको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो– क्यानडा पठाइदिन्छु भन्दै उनले २५÷३० जना युवाबाट रु दुई लाख ५० हजारका दरले लिएको रसिद फेला परेको छ । रसिद दिएको भन्दा पनि बढी पैसा लिएको पीडित युवाले बताएका छन् ।
क्यानडा पठाइदिन्छु भन्दै रकम उठाए पनि लामो समयसम्म नपठाएपछि पीडित युवाले प्रहरीमा उजुरी गरेका थिए । शाही अखिल नेपाल फुटबल सङ्घका पूर्व महासचिव तथा पूर्व राष्ट्रिय गोलकिपर हुन् ।

प्रतिक्रिया