१४ बैशाख २०८१, शुक्रबार
Follow Us

हामीसँग क्षमता छ, योजना छ : ओली

नेपालब्रिटेन डट कम्
८ असार २०७४, बिहीबार १३:०४

दमक । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेका कारण जनताले संविधान पाएको जिकिर गर्दै अब त्यसको रक्षा गर्न एमाले मात्र प्रतिबद्ध भएको बताउनुभएको छ । कमल गाउँपालिका वडा नं ५ को पाडाजुङीमा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले भन्नुभयो, “हामीसँग क्षमता छ, योजना छ , एमालेले अब विकासको मुहार पूर्वबाट नै सुरुआत गर्नेछ ।” उहाँले संविधानलाई कुल्चेर अधिकारका नाममा कसैलाई पक्षपोषण गर्ने तथा देशलाई अहित हुन नदिइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
गौरादहमा आज नै आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता ओेलीले देशमा एमालेको विकासप्रतिको चाहनालाई जनताले अब मतदानबाट प्रमाणित गर्ने जिकिर गर्नुभयो ।