७ बैशाख २०८१, शुक्रबार
Follow Us

अस्थायी शिक्षक र सरकारबीच सहमति

नेपालब्रिटेन डट कम्
९ असार २०७४, शुक्रबार १५:३२

काठमाडौं । सरकारसँग चार बुँदे सहमति भएपछि अस्थायी शिक्षकहरुले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका छन् । शिक्षा मन्त्री गोपालमान श्रेष्ठको उपस्थितीमा शुक्रवार शिक्षा मन्त्रालयका पदाधिकारी, शिक्षकसँग सवन्धित संघसंस्थाका प्रतिनीधिबीच भएको वार्तामा माग पुरा गर्ने सहमति भएपछि अस्थायी शिक्षकले आन्दोलनका कार्यक्रम फिर्ता लिएका हुन ।
विभिन्न माग राख्दै एक सातादेखि राजधानीको भद्रकालीमा पाँच जना अस्थायी शिक्षक अनसनमा थिए । सहमति लगत्तै शिक्षा सचिव शान्तवहादुर श्रेष्ठले जुस ख्वाएर अनसन तोडाएका हुन ।
चार बुँदे सहमतिमा २०७२ असोज २ गतेसम्मका शिक्षकलाई ‘एक शिक्षक एक पद’को सुविधा प्रदान गर्ने, परीक्षामा अनुतिर्ण हुनेलाई स–सम्मान बिदाइ गर्ने, औषधी तथा बिरामी बिदाको खर्च उपलब्ध गराउने उल्लेख गरिएको छ ।