१५ चैत्र २०८०, बिहीबार
Follow Us

मोबाइल खरिद गर्ने कामपाको निर्णयविरुद्ध क्रान्तिकारी सडकमा

नेपालब्रिटेन डट कम्
९ असार २०७४, शुक्रबार १५:४६

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख, उपप्रमुख तथा वडाध्यक्ष र सदस्यका लागि मोबाइल फोन खरिद गर्ने निर्णय गलत भएको भन्दै नेकपा(माओवादी केन्द्र) निकटको अखिल(क्रान्तिकारी)ले विरोध गरेको छ ।
क्रान्तिकारीले राज्य कोषबाट रकम लिएर आफूखुसी सेवा सुविधा बढाउने कार्य नसुहाउँदो भएको छ भन्दै विरोधस्वरुप प्रमुख र उपप्रमुखका लागि मोबाइल खरिदका लागि भन्दै ‘रु एक चन्दा अभियान’ समेत सुरु गरेको छ ।
नयाँ बानेश्वरमा आज साँझ आयोजित विरोधसभामा क्रान्तिकारीका उपाध्यक्ष अनिल शर्माले जनप्रतिनिधिका नाममा जनताको करबाट उठेको रकम बाँड्ने महानगरका प्रमुख र उपप्रमुखलगायतको निर्णयले लोकतन्त्रको खिल्ली उडाएको बताउनुभयो ।
यस्तै क्रान्तिकारीको क्याम्पस जिल्ला समिति काठमाडौँले पनि आज प्रमुख र उपप्रमुखले आफ्नै सेवासुविधा बढाउन खोज्नु गलत भएको भन्दै क्याम्पस अगाडि प्रदर्शन गरेको थियो । महानगरका प्रमुख विद्यासुन्दर शाक्यले महानगरका जनप्रतिनिधिलाई सहज सञ्चार सुविधा उपलब्ध गराउने भन्दै मङ्गलबार रु ३५ लाख बराबरको मोबाइललगायत भौतिक सेवासुविधा लिने निर्णय गर्नुभएको थियो ।