७ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएन नवौं युरोप क्षेत्रिय बैठक सुरु

नेपालब्रिटेन डट कम्
१५ श्रावण २०७३, शनिबार ०९:१४

डेनमार्क । गैरआवासीय नेपाली संघ यूरोप क्षेत्रीय बैठक डेनमार्कको कोपेनहेगनमा आज शनिवार सुरु भएको छ। यूरोपका नेपालीको अभियान, लगानी, पुनर्निर्माण र पर्यटन नाराका साथ सुरु भएको सम्मेलनको डेनमार्कका लागि कार्यवाहक राजदूत रामकाजी खड्का, गैरआवासीय नेपाली सँघका अध्यक्ष शेष घले, संस्थापक अध्यक्ष उपेन्द्र महतो, प्रमुख संरक्षक जीवा लामिछाने र नेपाल उधोग बाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले संयूक्तरुपमा गरे । उद्धघाटनसत्रमा सँघका बिभिन्न बक्ताहरुले शुभकामना दिनेक्रम जारी छ ।


डेलिगेड्स आउने क्रम जारी रहेको एनआरएन यूरोप पूर्व सहसंयोजक सोम सापकोटाले जानकारी दिए । कोपनहेगनस्थित हिल्टन होटलमा सम्मेलन हुँदैछ । सहसंयोजक सापकोटाका अनुसार बैठकमा सहभागी हुने सम्पूर्ण डेलिगेट्सहरु आइसकेका छन् । प्रतिनिधिलाई हिलटन होटलमा राखिएको छ ।
बैठकमा गैरआवासीय नेपाली संघका, संस्थापक अध्यक्ष डा उपेन्द्र महतो, प्रमुख संरक्षक जीवा लामिछाने, गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले, उपाध्यक्ष कुमार पत्न र भवन भट्ट, संस्थापक नेताहरु रामप्रताप थापा, चिरञ्जीवी ढकाललगायत यूरोपस्थित २७ देशको राष्ट्रिय समितिका पदाधिकारीहरुको सहभागित छन् ।

हिजो शुक्रवार डेनमार्क आइपुगेका प्रतिनिधिलाई नेपाली जनसम्पर्क समिति डेनमार्कले आयोजना गरेको फुटबल प्रतियोगितामा सहभागी गराइएको थियो । हिजो साँझ नेपाली दूतावास डेनमार्कले बैठकमा सहभागीको सम्मानमा रिसेप्सनको आयोजना गरेको थियो । संघको औपचारिक बैठकको उद्घान आज शनिवार बिहान हुँदैछ । गैरआवासीय नेपाली संघका यूरोप संयोजक कुल आचार्यका अनुसार उद्घाटन सत्रपछि विभिन्न देशका राष्ट्रिय समितिहरुले आ–आफ्नो प्रगति प्रतिवेदन पेश गर्ने कार्यक्रम तय भएको छ । शनिवार साँझ भने यूरोपस्थित विभिन्न देशको प्रतिनिधित्व गर्दै आउने कलाकारले विशेष साँस्कृति कार्यक्रमको प्रस्तुति दिने भएका छन् ।

यस्तै आइतवार विहानदेखि गैरआवासीय नेपाली संघका विभिन्न मुद्दामा समूहगत छलफल गरिने जानाकारी आचार्यले दिए । नेपालमा पुनर्निर्माण, पर्यटन, लगानीका मुख्य मुद्दामा केन्द्रीत रहेर छलफल गरिने सो सत्रमा करिब १ दर्जन गैरआवासीय नेपाली संघका मुद्दामा छलफल गर्ने तयारी गरिएको छ । आइतबारको दोश्रो सत्रमा एनआरएन यूरोप महिला सम्मलेन सुरु हुनेछ । बैठककै अवसर पारेर गतबर्ष नेपालमा गएको भूकम्पपछि सहयोग गर्ने विभिन्न राष्ट्रिय समितिलाई विशेष सम्मान गर्ने कार्यक्रम तय भएको छ ।
सम्मेलनमा सहभागी हुन नेपालबाट झन्डै दर्जन पत्रकारहरु डेनमार्क पुगेका छन् । २ दिने बैठकमा उठेका विभिन्न विषय वस्तुलाई समेटेर आइतवार साँझ कोपनहेगन— घोषणपत्र २०१६ जारी गर्दै एनआरएन यूरोप बैठक समापन हुने संयोजक आचार्यले जानकारी दिए ।