१६ चैत्र २०८०, शुक्रबार
Follow Us

कहिलेसम्म जलिरहने दार्जिलिङ ?

नेपालब्रिटेन डट कम्
१० असार २०७४, शनिबार ०६:१९

काठमाडौं । नेपाली भाषी दार्जलिङबासी यतिबेला आन्दोलनमा छन् । पश्चिम बंगाल सरकारले त्यहाँका सवै विद्यालयहरुमा वंगाल भाषालाई एक देखि दश कक्षासम्म अनिवार्य बनाए पछि नेपाली भाषी आक्रोसित वनेका हुन् । उनीहरुले मुख्य मन्त्री ममता बेनर्जी विरुद्ध आक्रोश पोख्दै उनको पुत्ला दहनबाट सृुरु गरेको आन्दोलनमा प्रहरी हस्तक्षेप भयो । अनि, दिनदिनै सुरक्षाकर्मी र आन्दोलनकारीविच घम्साघम्सी भैरहेको छ ।
पश्चिम बंगाल सरकारले गरेको निर्णयले त्यस क्षेत्रमा वसोवास गर्ने वहुसंख्यक लेप्चा, तामाङ, गुरुङ र अन्य जातजातिको भावनामा ठेस पुग्यो । उनीहरुलाई लाग्यो सरकारले नियतवस नै आफूहरुको भाषा संस्कृतिमा प्रहार गर्दैछ ।
त्यसो त, नेपाली भाषीको आन्दोलन चर्किएपछि मुख्यमन्त्री बेनर्जीले पश्चिम वंगालका अन्य ठाउँमा अनिवार्य भए पनि दार्जलिङमा ऐच्छिक भएको प्रतिक्रिया दिइन् ।
तर, समग्र नेपालीभाषीमाथि प्रहार भएको भन्दै स्वस्फूर्त रुपमा सुरु भएको आन्दोलनको नेतृत्व गोर्खा जनमुक्ति मोर्चाले गरिरहेको छ । अनि, वर्षौदेखिको अन्याय भन्दै भाषा विवादको यो मुद्दाले गोरखाल्याण्डको माग समेत चर्किएको छ । आन्दोलनका क्रममा पटक पटक झडप र असामान्य अवस्था सिर्जना भएपछि सेना परिचालन गरिएको छ ।