११ बैशाख २०८१, मंगलवार
Follow Us

राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने !

नेपालब्रिटेन डट कम्
१० असार २०७४, शनिबार ०६:२१

नवलपरासी । राष्ट्रिय जनता पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत गरेको छ । नवलपरासीमा आयोजित पत्रकार सम्मेलनमा वरिष्ठ नेता हृदयेश त्रिपाठीले तीन बुँदे सहमति कार्यान्वयन गर्नुभन्दा आफू खुसी दुई नम्बर प्रदेशको निर्वाचन सारेर सरकारले उल्टै आफूहरुलाई एक्ल्याउन खोजेकाले असार १४ पछि समर्थन गर्न नसकिने बताए ।
प्रदेश नम्बर दुईमा असोज दुई गतेका लागि तोकिएको तेस्रो चरणको निर्वाचन सफल हुन नसक्ने दाबी गर्दै नेता त्रिपाठीले त्यसपछि मुलुकमा गंभिर संकट आउने चेतावनी दिए । उनले प्रदेश नम्बर ५ मा केही नेता तथा कार्यकर्ताले चुनावमा आफूखुसी भाग लिएकाले उनीहरुलाई कारबाही प्रक्रिया अगाडि बढाइएको जानकारी समेत दिए ।