July 10, 2020
4:32 AM | 9:17 AM

नेपाली सेनाद्वारा बम निष्क्रिय

  24th June 2017 मा प्रकाशित

नवलपरासी । नवलपरासीको बर्दघाट नगरपालिकामा नेकपा एमालेको तर्फबाट प्रमुख पदका उम्मेदवार धीरज शर्माको घरमा फेला परेको बम आज नेपाली सेनाको टोलीले निष्क्रिय गरेको छ । बर्दघाटस्थित शर्माको घरको मूलगेटमा फेला परेको सकेट बमलाई बज्रदल गणको टोलीले नजिकैको खुल्ला चौरमा लगेर निष्क्रिय गरेको हो यद्यपि बम किन र कस्ले राखेको हो यसबारे केही खुलेको छैन् । स्थानीय तहको निर्वाचनको पूर्वसन्ध्यामा यसरी उम्मेदवारको घरमा बम फेला पर्ने घटना बाहिर आएपछि आम जनमानसलाई थप त्रसित बनाएको छ ।

प्रतिक्रिया