८ बैशाख २०८१, शनिबार
Follow Us

नेपालमा राजनीतिक भूकम्प खतरनाक छ- डा उपेन्द्र महतो

नेपालब्रिटेन डट कम्
१५ श्रावण २०७३, शनिबार १०:५०

गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा उपेन्द्र महतोले देशको समग्र विकासमा प्राकृतिक भूकम्पजस्तै राजनीतिक भूकम्प ठूलो बाधक भएको बताउनुभएको छ ।

एनआरएन नवौं क्षेत्रीय भेला तथा सातौं महिला सम्मलेनलाई कोपेनहेगनमा संबोधन गर्दै महतोले एनआरएन गतिविधि देशलाई बनाउन सुरु भएकाले देश नबन्दासम्म यो गतिविधि नरोकिने बताउनुभयो ।

सानामसिना असमझदारी र असहमतिहरूलाई पञ्छाएर लक्षप्राप्ति का निम्ति एकजुट भएर अघि बढ्नुपर्ने आवश्यकता उहाँले औंल्याउनुभयो । देशलाई दोस्रो पुस्ताले नबिर्सिउन भन्नका निम्ति नेपालमा भएको घर बेचेर विदेश नल्याउन उहाँले आग्रह गर्नुभयो ।