७ बैशाख २०८१, शुक्रबार
Follow Us

गुरिल्लाशैलीमा पत्रकार महासंघ यूरोपको अधिवेसन भन्दै स्थगनको माग

नेपालब्रिटेन डट कम्
१० असार २०७४, शनिबार १३:५१

लण्डन । नेपाल पत्रकार महासंघ युरोप शाखाको शनिवार (आज) का लागि तय भएको अधिवेशन विवादमा परेको छ । शाखाका महासचिवसहित अधिकांश पदाधिकारीले असन्तुष्टि जनाउँदै स्थगनको माग गरेपछि अधिवेशन विवादमा परेको हो । शनिवार शाखाका महासचिव प्रकाश ढकालसहितको टोलीले महासंघका अध्यक्ष डा. महेन्द्र बिष्टलाई एक ध्यानार्षण पत्र लेख्दै महासंघको वैदेशिक नियमावली विपरित हुन लागेको अधिवेशन तत्काल स्थगन गर्न आग्रह गरिएको छ ।
अध्यक्ष डा. विष्टलाई लेखिएको पत्रममा नेपाल पत्रकार महासंघ युरोप शाखाले अधिवेशन गर्ने भनी सूचना जारी गरेकोमा केही गम्भीर प्रश्न खडा गरेको भन्दै गुपचुप अधिवेशन गर्न लागिएको आरोप लगाएका छन् ।
शनिवार आयोजना हुने भनिएको अधिवेशनका लागि स्थल र सदस्यता नामावलीसम्म सार्वजानिक नगरिएको पत्रमा उल्लेख छ । सदस्यता वितरणदेखिले आफ्नो पक्षले पटक–पटक आवज उठाउदै आएको उल्लेख गर्दै पत्रमा वैदेशिक नियमावलीअन्तर्गत छानविन गरी सदस्यता वितरण गर्न माग गर्दै अधिवेशनमा भाग नलिने घोषणा गरिएको छ ।
पत्रमा महेश थापा, संस्थापक अध्यक्ष नेपाल पत्रकार महासंघ युरोप शाखा, ओम शर्मा, वरिष्ठ उपाध्यक्ष अनुराधा पौडेल, उपाध्यक्ष सदस्यहरु हिरालाल श्रेष्ठ, दिपक क्षत्री र सरस्वती कार्कीलगायतले हस्ताक्षर गरेका छन् ।
यूरोप शाखाका अध्यक्ष केजी राई समूहले एक हप्ताको सार्वजानिक सूचना निकालेर अधिवेसनको घोषणा गरको थियो । आज आयोजना हुने भनिएको अधिवेशनमा भाग लिन केन्द्रीय उपाध्यक्ष खिलबहादुर भण्डारी बेल्जियम पुगेका छन् ।
महासचिव ढकालले पूरै गुरिल्लाशैलीमा आयोजना भएको अधिवेशनमा भाग लिनुको औचित्य नभएको बताए । यस्तो कुनै राजनीतिक दलका कार्यकर्ताको भेला पत्रकार महासंघको अधिवेशन भन्न नमिल्ने भन्दै यूरोपस्थित व्यवसायिक पत्रकारहरुको मनमा चोट पुगेको महासचिव ढकालले बताए ।