७ बैशाख २०८१, शुक्रबार
Follow Us

नयाँ सृष्टिको साधरणसभा सम्पन्न

नेपालब्रिटेन डट कम्
११ असार २०७४, आईतवार ०३:३९

भरतपुर । नयाँ सृष्टि महिला समाज चितवनले हिजो शनिवार भरतपुरमा एक समारोह वीच पाँचऔ साधरणसभा सम्पन्न गरेको छ । सुन्दर नेपालका कोवोडिनेटर वीरबहादुर तामाङ प्रमुख अतिथि रहनु भएको सो साधरणसभामा जिल्ला समन्य समितिका पूर्वधार विकास अधिकृत माधव उप्रेती, कालिका नगरपालिकाका कार्यकारी अधिकृत रमेश सुबेदी, भरतपुर–११ का नवनिर्वाचित वडा अध्यक्ष बाबुराम अधिकारी, वातावरण मैत्री समाजका संयोजक वीरेन्द्र पौडेल, वसन्तपुर टोल विकासका अध्यक्ष गेहेन्द्र विष्ट, नवजागृतिका अध्यक्ष विष्णु बरलगायतले मन्त्वय दिनु भएको थियो । कार्यक्रममा संस्था उपाध्यक्ष अधिवक्ता शिवकुमारी पाण्डेले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष लक्ष्मीप्रभा पन्तले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो । नयाँ सृष्टि समाजकी अध्यक्ष चन्दाकुमारी खड्काको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा समाज सहसचिव कृष्णकला सापकोटाले स्वागत मन्त्वय राख्नुभएको थियो । विस २०६७ सालमा स्थापित सो समाजले महिला, खानेपानी, सरसफाइलगायत सामाजिक सरोकारका क्षेत्रमा कार्य गदै आएको अध्यक्ष खड्काले जानकारी दिनुभयो ।