१५ चैत्र २०८०, बिहीबार
Follow Us

भाषण गर्दागर्दै हृदयघात, एमाले दुःखी

नेपालब्रिटेन डट कम्
११ असार २०७४, आईतवार ०९:०७

काठमाडौं । नेकपा(एमाले)ले डडेल्धुरा जिल्ला, पर्शुराम नगर कमिटीका अध्यक्ष बहादुर महताको स्थानीय तहको निर्वाचनका क्रममा यही असार ८ गते पर्शुराम–११ मा आयोजित आमसभालाई सम्बोधन गर्दै गर्दा हृदयाघातबाट निधन भएकामा दुःख व्यक्त गरेको छ ।
विसं २०२८ मङ्सिर २५ गते जन्मनुभएका नेता महताले यसअघि तीन कार्यकाल साबिकको जोगबुढा गाउँ कमिटीको सचिव हुनाका साथ दुई कार्यकाल जिल्ला कमिटी र जिल्ला सचिवालयको सदस्य भएर पार्टीमा नेतृत्व दिनुभएको थियो ।

सशस्त्र द्वन्द्वका बेला राज्य पक्षबाट झुटा मुद्दा लगाएर थुनिँदा पनि महता बिचलित नभएर पार्टीका पक्षमा दृढतापूर्वक उभिनाका साथै त्यसबाट उम्किएपछि पार्टी काममा थप सक्रिय बन्नुभएको पार्टीले जनाएको छ । उहाँका चार छोरा र दुई छोरी छन् । पार्टीले दिवङ्गत महताप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।