१३ बैशाख २०८१, बिहीबार
Follow Us

माओवादी केन्द्रको चुनावी र्‍यालीमा बम विस्फोट, ७ जना घाईते

नेपालब्रिटेन डट कम्
११ असार २०७४, आईतवार ११:०३

नवलपरासी । नवलपरासीको सुनवल नगरपालिकाको सोमनाथमा माओवादी केन्द्रले निकालेको चुनावी र्‍यालीलाई लक्षित गरी बम विस्फोट गराईएको छ । विस्फोटमा परि ७ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताईएको छ । प्रहरीले घाइतेहरुको उद्धार गरि उपचारको लागि पठाएको छ ।

उम्मेदवारको घरमा बम
नवलपरासीको बर्दघाट नगरपालिकामा दुई फरक ठाउँमा सुतली बम फेला परेको छ । नगरका नेपाली कांग्रेसको मेयरका उम्मेदवार विश्वप्रेम पाठकको घर अगाडी राती सुतली बम फेला परेको थियो भने आज विहान माओबादी केन्द्रको मेयरका उम्मेदवार रुदप्रसाद उपाध्यायको घरको बाउडरी भित्र सुतरी बम फेला परेको ईलाका प्रहरी कार्यालय बर्दघाटले जनाएको छ ।
गए राती, उम्मेदवार पाठकको घर अगाडी राखिएको गाडी मुनी सुतली बम फेला परेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले खबर पाएपछि रातभरि बमलाई निगरानी गरेको थियो । फेला परेको बमलाई आज विहान नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गरेको प्रहरीले जनाएको छ ।