१४ बैशाख २०८१, शुक्रबार
Follow Us

म कुरा धेरै गर्दिन, गरेर देखाउँछु : जेके गुरुङ (मेयरका प्रत्यासी विर्तामोड झापा)

नेपालब्रिटेन डट कम्
११ असार २०७४, आईतवार ११:३०

बिर्तामोड । नेपाली कांग्रेसले विर्तामोड नगरपालिकाको विकास निर्माण र नगरपालिकाको सुव्यवस्थापन गर्न योग्य ठानेर मेयरमा उम्मेदवार बनाएका व्यक्तित्व हुनुहुन्छ, बिर्तामोड निवासी ५७ वर्षीय जलकुमार गुरुङ (जेके) । उहाँ राजनीति र सामाजिक क्षेत्रको सक्रियताले झापावासीका माझमा लोकप्रिय हुनुहुन्छ भने खेलकूद प्रतियोगिताका माध्यमबाट देश विदेशमा समेत उत्तिकै परिचित हुनुहुन्छ ।
विर्तामोडलाई मुलुककै नमूना स्मार्ट सिटी बनाउने नागरिकलाई छिटो छरितो र प्रभावकारी रुपमा सेवा प्रदान गर्ने, स्वास्थ्य शिक्षा जस्ता नैसर्गिक अधिकार उपभोग गर्ने पूर्वाधारको निर्माण गर्ने र नगरबासीलाई सुख र सुविधा उपलब्ध गराउदै नगरलाई समृद्ध बनाउने संकल्प लिएर उहाँ चुनावको मैदानमा उत्रिनुभएको छ ।
“म कुरा धेरै गर्दिन गरेर देखाउँछ” जेकेले भन्नुभयो, “यो मेरो विशेषता हो ।” उहाँले आफूले भूमिहिन नागरिक, मजदुर, पिछडिएको समुदायको उन्नति, उद्योगी व्यवसायीको सुरक्षा, कृषिको आधुनिकीकरण र युवालाई रोगजारी दिने जस्ता विषय राम्रोसंग बुझेको बताउनुभयो । “यहाँ युवा र महिला सशक्तिकरण तथा ज्येष्ठ नागरिक र फरक क्षमता भएकाले पनि आत्म सम्मानका साथ वाच्न पाउने वाताबरण निर्माणका गरेरै छाड्छु” जेकेले भन्नुभयो । उहाँले मुलुकमा स्थायी शान्ति र आर्थिक समृद्धिका ल्याउने अभियानमा एक इँटा थप्न मेरो उममेदवारी हो । उहाँले मुस्लिम, मधेशी, पछाडि पारेको वर्गको उत्थानमा विशेष भूमिका रहने बताउनुभएको छ ।
सर्वसाधारणमा न्यायको पहुँच पु¥याउन आफू कटिबद्ध रहने र जनतालाई सामाजिक सुरक्षाको प्रत्याभूति दिलाउन लागिपर्ने पनि उहाँले बताउनुभयो । सडक विस्तार, ढलनिकास, खोलाको व्यवस्थापन, खानेपानी र सुकुम्बासी समस्याको समाधानलाई पनि पहिलो प्राथमिकतामा राखेर नगरको विकास गर्ने गुरुङको विचार छ ।
खेलकुदको विकासमा आफ्नो भूमिकाको मूल्यांकन आमनागरिकले गरिरहेको र नागरिकले आशा गरे अनुसारको काम गरेर देखाउने गुरुङले बताउनुभएको छ । उहाँकै पहलमा झापामा गोल्डकप प्रतियोगिताको शुरुवात भएको हो । खेलकुदका विकासका लागि पूर्वाधार निर्माण गर्ने उहाँको कार्यक्रम छ । खेलकुदका मध्ययमबाट झापालाई चिनाएको जस उहाँलाई नै जान्छ । उहाँ झापा जिल्ला फुटवल संघको अध्यक्ष समेत हुनुहुन्छ ।
बिर्तामोड खानेपानी तथा सरसफाई समितिका अध्यक्ष समेत रहनुभएका जेके सामाजिक संघ संस्थामा पनि रहेर पनि उत्तिकै योगदान दिइरहनुभएको छ । ‘जेके’ले जुन क्षेत्रमा हात हाले त्यो क्षेत्रलाई सफल बनाएर छाड्ने उनको अर्काे बिशेषता छ ।
नेपाली कांग्रेसको झापा जिल्ला कार्य समितिकोे जिल्ला सदस्यको जिम्मेवारी वहन गरेका गुरुङले सामाजिक सुरक्षा, न्याय र विकासलाई एकैसाथ अघि बढाउने घोषणा गर्नुभएको छ । भ्रष्टाचाररहित नगरको परिकल्पना गर्नुभएका गुरुङ बेथितिको अन्त्य र अस्तव्यस्त बिर्तामोडलाई सहज व्यवस्थापन गर्दै अघि बढ्ने तयारीमा हुनुहुन्छ ।
यता उपमेयर पदमा नेपाली कांग्रेसले पार्वता गिरीलाई उम्मेद्वार बनाएको छ । ४२ वर्षीय गिरी नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल महिला संघ गाउँ सभापति हुँदै क्षेत्रीय सभापति र अहिले पार्टीको जिल्ला सदस्यका रुपमा कार्यरत् हुुनुहुन्छ । २०४६ सालदेखि राजनीतिक यात्रा शुरु गर्नुभएकी गिरीले महिला सशीक्तकरण र महिलाको आर्थिक उन्नतिका लागि काम गर्ने कार्यक्रम सार्वजनिक गर्नुभएको छ ।
गिरीले बिर्तामोड नगरलाई दुर्घटनारहित नगर बनाउने, सिटीसफारी तथा टेम्पोलाई व्यवस्थित गर्ने, महिला सहायता केन्द्र स्थापना गर्ने, महिला स्वास्थ्य तथा आयमुलक कार्यक्रमहरु सञ्चालन गर्ने सोंच बनाउनुभएको छ । यसबाहेक, एकल महिलाहरुलाई सीप तथा आयमुलक तालिमहरु दिएर स्वरोजगार बनाउन,े विपन्न एकल महिलाका सन्तानहरुलाई निःशुल्क शिक्षाको व्यवस्था गर्ने तथा महिला हिंसा अन्त्यका लागि सचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्ने कार्यक्रम उहाँले तयार पार्नुभएको छ ।