१३ बैशाख २०८१, बिहीबार
Follow Us

सुध्रे त म उसैसँग बस्थे

नेपालब्रिटेन डट कम्
११ असार २०७४, आईतवार १४:२०

पवित्र बजगाईँ
‘खाने मुखलाई जुँगाले छेक्दैन’ भन्ने उखान पवित्रा बजगाईको हकमा ठ्याक्कै मिल्छ । अर्थात् महिला चुलोचौकोमा मात्र सीमित हुन हुँदैन, क्षमता छ भने व्यवसाय र राजनीतिमा पनि सक्रिय हुन सक्छन् भन्ने उदाहरण बनेकी छन् पवित्रा । पतिको अवरोध पन्छाएर उनी राजनीति र व्यवसायमा संलग्न भएकी हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टीमा सक्रिय पवित्रा होस्टल व्यवसायी हुन् । घरमा सीमित राख्न खोजिएपछि प्रतिवाद गरेकी पवित्रको जीवन कसरी मोडियो, यिनै विषयमा कुमार राउतले गरेको कुराकानी :

० पूर्वमा चुनावी माहोल कस्तो छ ?
– पहिला त खासै थिएन, उम्मेदवारको टुंगो लागेपछि निर्वाचनको महोल तात्यो । स्थानीय तहको निर्वाचन भएकाले राजनीतिक दलभन्दा पनि आफूले रुचाएको उम्मेदवारलाई मतदान गरिन्छ ।

० तपाईं होलटाइमर राजनीतिक कार्यकर्ता हो ?
– होइन, व्यवसाय, समाजसेवी हुँदै राजनीतिमा संलग्न भएकी हुँ । नर्सिङ पढ्न आउने विद्यार्थीका लागि होस्टल सञ्चालन गरेकी छु । जेष्ठ नागरिक मञ्चको नेतृत्व गर्छु भने सामुदायिक विकास प्रतिष्ठानमा सचिव छु । राष्ट्रिय प्रजातन्त्र पार्टीमा आस्था राख्छु ।

० तपाईं किन उम्मेदवार बन्नुभएन ?
– उम्मेदवार बनाउने काम पार्टीको हो । विराटनगर महानगरपालिकाको उपमेयरमा सिफारिस भएर गएको हो, चासो देखाइन ।

० राप्रपाले चुनाव जित्दैन पैसा मात्र खर्च हुन्छ भनेर हो ?
– त्यसो होइन, राजनीति गर्नेले चुनावसँग भागेर हुँदैन, मेरो व्यवसायको पिक सिजन भएकाले बढी व्यस्त भएँ, यद्यपि फुर्सद मिलाएर पार्टीका उम्मेदवारलाई मत माग्न हिँडिरहेकी छु ।

० कस्तो छ राप्रपाको संगठन ?
– प्रल्हाद शाहजस्ता चर्चित व्यक्तिलाई पार्टीले टिकट दिएको हुनाले माहोल उहाँको पक्षमा बन्दै गएको छ । राम्रो जनसम्पर्क भएको र सञ्चार उद्यमी पनि हुनुहुन्छ उहाँ । राजा ज्ञानेन्द्रले गराएको निर्वाचनमा पनि उहाँ चुनाव लडेको हुनाले विराटनगरमा शाह चिरपरिचत नै हुनुहुन्छ ।

० ज्ञानेन्द्रले गराएको निर्वाचनले मान्यता पायो ?
– हाम्रा लागि त पायो, हामी राजसंस्थामा आस्था राख्छौं । घरको प्रवेशद्वारमा मैले पृथ्वीनारायण शाह, राजा वीरेन्द्रको सन्तानसहित ज्ञानेन्द्रको तस्बिर राखेकी छु । राजसंस्था नै पुनः फर्किन्छ भन्ने हामीलाई विश्वास लाग्छ ।

० राजसंस्था फर्किन्छ त ?
– फर्किन्छ भन्ने हाम्रो विश्वास हो, राजनीतिक दलको गतिविधि हेर्ने हो भने फर्किनुपर्छ भन्ने लाग्छ । राप्रपाले राजसंस्थासहितको प्रजातन्त्र भनेको छ । पार्टी एकदिन आफ्नो उद्देश्यमा पुग्छ भन्ने मलाई विश्वास छ ।

० के व्यवसाय गर्नुहुन्छ ?
– होस्टल व्यवसायमा छु, अहिले विद्यार्थी भर्नाको समय हो, त्यसैले अहिले मेरो व्यस्तता बढेको छ ।

० होस्टल विकृतिको थलो भन्छन् नि ?
– काठमाडौतिर होला, तर यहाँ त्यस्तो विकृति फैलन दिएका छैनौं । विराटनगरमा होस्टल सञ्चालकहरूको समिति छ, त्यो समितिमा म पनि छु । त्यो समितिले मापदण्ड निर्धारण गर्छ । महिलाले सञ्चालन गरेको, सुरक्षा निकाय नजिक रहेको मेरो होस्टलबाट अहिलेसम्म त्यस्तो विकृतिको दुर्गन्ध आउन दिएकी छैन ।

० व्यवसायबाट आम्दानी राम्रो हुन्छ ?
– सेवाप्रदायक व्यवसाय हो, सुरक्षा र खानपानमा बढी ध्यान दिनुपर्छ । थोरै लगानीमा सञ्चालन गर्न सकिने भएकाले मुनाफा मनग्गे हुँदैन । अन्यत्रभन्दा मकहाँ बस्न आउनेलाई केही सहुलियत दिन्छु । जति छ, त्यसैमा सन्तुष्ट छु ।

० व्यवसाय गर्न कहाँबाट पे्ररणा पाउनुभयो ?
– परिवारबाट छुट्टिएपछि केही गर्नुपर्छ भन्ने लाग्यो । म अहिले एकल महिला हुँ, श्रीमान्सँग केही नलिई इटहरीबाट विराटनगर आएर यो व्यवसाय गर्न थाले । घरबाट हजार रुपैयाँ र आफ्नो बेडिङ विस्तार मात्र लिएर आएँ, जीविकोपार्जन गर्न मात्र होइन, सन्तान पढाउन पनि केही गर्न बाध्य भएँ ।

० पुँजी कसरी जुटाउनुभयो ?
– ठ्याक्कै त्यो बेला ८० हजार रुपैयाँ ढुकुटी प¥यो । एकजना गडफादरको सहयोगमा व्यवसाय हुर्काउन सजिलो भयो ।

० जन्मस्थान चाहिँ इटहरी ?
– हो, चार दिदीबहिनीमध्ये जेठी हुँ, बुवा सुगरमिलमा काम गर्नुहुन्थ्यो, कक्षा ६ मा पढ्दापढ्दै लभ प¥यो, एसएलसी दिएपछि विवाह गरें, विवाहपछि आईएसम्मको अध्ययन गरें ।

० किन त्यति सानैमा लभ गरेको ?
– केटाकेटी बुद्धि, दाजुको साथी हो, पैसामा लभलेटर दिन्थ्यो, लेटर पढिसकेपछि त्यो पैसाले चटपटे खान्थ्यौं ।

० कोसँग परेको लभ ?
– लक्ष्मण पराजुली, मभन्दा सात वर्ष जेठो थियो, धनी बाबुको छोरा, आफ्नै गाडीमा कन्डक्टरको काम गथ्र्यो, गफाडी र हेन्डसम लाग्थ्यो । एसएलसी दिएपछि भागेर विवाह ग-यौं । पछि अभिभावकले धूमधामसँग विवाह गरिदिए ।

० भागेर कहाँ जानुभयो ?
– तरहरा गइयो, अहिले सम्झँदा त्यो ठाउँ त टाढा होइन, तर त्यसबेला हामीलाई धेरै टाढा लाग्थ्यो । अर्थात् भागेर सुरक्षित ठाउँमा पुगियो भन्ने लाग्थ्यो ।

० पे्रमभन्दा पनि पैसाको लोभमा फसेजस्तो लाग्दैन ?
– ऊसँग सबै कुरा थियो, पैसा पनि थियो, गफ चुट्न पनि जान्दथ्यो, हेन्डसम पनि थियो । अर्थात् ऊ नै मेरा लागि सबथोक थियो ।

० अहिले ?
– कानुनी रूपमै अलग भएका छौं, एउटी छोरीको विवाह भइसक्यो, एउटी दुर्घटनामा परी, छोरालाई राम्रै स्कुलमा पढाएकी छु । पतिबाट अंश लिएकी छैन, छोराले दुई भाग, छोरी र उसले एक भाग पाउने गरी अंशबण्डा भएको छ ।

० किन अलग हुनुप-यो ?
– कुरा मिल्न छोड्यो, घरभाडा उठाएर खानुपर्छ, बाहिर हिँड्नु हुँदैन भन्ने उसको भनाइ हो । म भन्छु, होइन, काम गर्नुपर्छ, व्यवसाय गर्नुपर्छ । समाजमा घुलमिल हुनुपर्छ । पुरुषसँग बोल्यो भने आँखा लगाउँथ्यो । प्रगतिशील विचार भएकी महिला त्यस्ता व्यक्तिसँग कसरी बस्न सक्छे ?

० छुटिएपछि आनन्द ?
– जीविकोपार्जनका लागि काम गर्नैपर्छ, छोरो छ, इष्टमित्र र माइतीको सहयोग पाएकी छु । जति भए पनि सँगै बसेजस्तो आनन्द र सुरक्षित महसुस चाहिँ नहुँदो रहेछ ।

० पुनर्विवाहका लागि प्रस्ताव आएन ?
– प्रस्ताव त आउँछन्, ४२ वर्ष पुगियो, यो उमेरमा विवाह, पुनः विवाह गरे समाजले के भन्छ ? हामीजस्ता मान्छेले ती कुरालाई पनि मनन् गर्नुपर्छ । बरु सुधे्रदेखि उसैसँग बस्थेँ ।

० बिग्रिनु भएको थियो र ?
– सुध्रिनुको अर्थ विवाहअघि उसले जस्तो पे्रम गथ्र्यो, त्यही खोजेकी हुँ । आनीबानी र खानपानमा सुधार होस् । मप्रति हेर्ने दृष्टिकोण सकारात्मक होस् ।

० पुनर्मिलन सम्भव छ ?
– संसारमा असम्भव भन्ने कुरा केही छैन । महिलाप्रति हेर्ने दृष्टिकोण सकारात्मक भयो भने पुनर्मिलन सम्भव देख्छु ।