२६ बैशाख २०८१, बुधबार
Follow Us

जनसरकारलाई स्थानीय तहको मान्यताः अध्यक्ष प्रचण्ड

नेपालब्रिटेन डट कम्
११ असार २०७४, आईतवार १४:२८

खोटाङ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनसरकारले स्थानीय तहको रुपमा मान्यता प्राप्त गरेको बताउनुभएको छ । माओवादी केन्द्रले आइतबार दिक्तेलमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले जनयुद्धका क्रममा अभ्यासमा ल्याइएका जनसरकारका युनिटले हाल स्थानीय तहका रुपमा संवैधानिक मान्यता प्राप्त गरेको बताउनुभएको हो ।

“स्थानीय जनसरकारको निर्वाचन संवैधानिक तथा वैधानिकरुपले संविधानमा व्यवस्था गरेर ल्याइएको छ”–उहाँले भन्नुभयो, “नेपाली काँग्रेस, नेकपा (एमाले) ले जित हासिल गरे यो उपलब्धिलाई पुनः गाउँ पञ्चायत बनाउने खतरा छ ।” जनसरकारको अभ्यास गर्ने, एजेण्डा पेस गर्ने र नेतृत्व गर्ने पार्टीले हार बेहोरे देश पुनः पञ्चायतकालीन अवस्थामा फर्कने उहाँको भनाइ थियो ।

एमालेका नेताको हिमचिम, उठबस र प्रेम हिजोका राजावादी र पूर्वराजा ज्ञानेन्द्रसँग बढेको भन्दै अध्यक्ष दाहालले एमाले गणतन्त्रवादी हुँदै नभएको दाबी गर्नुभयो । अध्यक्ष दाहालले यसअघि जिल्लाको दक्षिणी क्षेत्र सिम्पानीमा आयोजना गरिएको सभालाई समेत सम्बोधन गर्नुभएको थियो ।