१३ बैशाख २०८१, बिहीबार
Follow Us

पूर्व एआईजी थापाद्वारा सर्वोच्च अदालतमा आत्मसमर्पण

नेपालब्रिटेन डट कम्
११ असार २०७४, आईतवार १४:३६

काठमाडौं । सुडान घोटाला प्रकरणमा दोषी ठहर भएका पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामसिंह थापाले आज सर्वोच्च अदालतमा आत्मसमर्पण गरेका छन् । आत्मसमपर्ण गरेका थापालाई डिल्लीबजार कारागार चलान गरिएको छ ।
सुडान घोटाला काण्डमा दोषी ठहर गर्दै थापालाई सर्बोच्च अदालतले १ बर्ष कैद र ४० हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो । सुडान घोटालामै दोषी ठहर भएका पूर्वप्रहरी महानिरीक्षक ओमविक्रम राणा, हेमबहादुर गुरुङ, पूर्व अतिरिक्त महानिरीक्षक दीपक थाङ्देन र प्रहरी नायव महानिरीक्षक दीपक श्रेष्ठले गत बुधार अदालतमा आत्मसमर्पण गरेका थिए ।
सोही काण्डमा दोषी करार भएका पूर्वप्रहरी महानिरीक्षक रमेशचन्द्र ठकुरी भने कानून मातहत आएका छैनन् । बैशाख १७ गते सर्वोच्चले सुडानमा खटिने प्रहरी मिसनका लागि बन्दोबस्तीका सामान किन्दा उनीहरुले आर्थिक अनियमितता गरेको ठह-याएको थियो ।