१३ बैशाख २०८१, बिहीबार
Follow Us

बेरोजगार भत्ता खाने पर्यटनदूत !

नेपालब्रिटेन डट कम्
१५ श्रावण २०७३, शनिबार १५:३०

सनफ्रास्सिस्को । अमेरिकाको क्यालिफोनिया राज्यको सान फ्रान्सिस्को सहरमा बेरोजगार भत्ता खाने व्यक्तिलाई पर्यटन दूत नियुक्ति गरेर एमाले सरकारले आफ्नो असली अनुहार विदेशी सामु झल्काएको छ । पर्यटन बोर्डको नियमावलीअनुसार पर्यटन दूत बन्नका लागि कम्तीमा अमेरिकामा बसोबास गरेको ठाउँमा घर, सानोतिनो व्यवसाय र समाजमा सम्मानित योगदान दिएको विवादितरहित व्यक्तिलाई पर्यटनदूत नियुक्ति गर्नुपर्छ । तर एमाले सरकारले यो नियमावलीले धोती लगाइदिएर एलसेरिटो सहरमा डेरामा बसोबास गर्ने कम आय भएर भत्ता खाइरहेको बेरोजगार धनप्रसाद दवाडी र उनकी श्रीमती द्यनु दवाडीलाई पर्यटनदूत नियुक्त गरेको छ । धनप्रसाद बेरोजगार हुन् भने उनी श्रीमती बच्चा हेर्ने काम गर्छिन् ।
नर्दन क्यालिफोनिया कम्युनिटी सेन्टर निर्माणका लागि पहिले नियुक्ति गरिएका पर्यटनदूतले दुई हजार पाँच सय डलर दिने वचन दिएका थिए । तर त्यो रकम उनले अहिलेसम्म उपलब्ध गराएका छैनन् । त्यसो त धनप्रसादले पनि ११ हजार १ सय ११ डलर उपलब्ध गराउने वचन दिएका थिए । उनले त्यो रकम पनि उपलब्ध नगराएको नेपाल एसोसिएसन अफ नर्दन क्यालिफोनियाका एक सदस्यले बताए ।