४ बैशाख २०८१, मंगलवार
Follow Us

मोरङमा दुई जना मृत फेला

नेपालब्रिटेन डट कम्
१२ असार २०७४, सोमबार ०५:०९

उर्लाबारी । मोरङका दुई छुट्टाछुट्टै स्थानमा गएराति दुई जना मृत अवस्थामा फेला परेका छन् । जिल्लाको रङ्गेली नगरपालिका–९ बनकोलस्थित रङ्गेली–दोहमना भित्री सडकको किनारामा गएराति स्थानीय ६० वर्षीय पहाडचन राजवंशी मृत अवस्थामा फेला परेका छन् ।

अनुहार र घाँटीमा चोट देखिएका उनलाई स्थानीयले मृत अवस्थामा भेटेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाका विषयमा अनुसन्धान सुरु गरिएको इप्रका रङ्गेलीका प्रहरी निरीक्षक सञ्जिबबाबु खड्काले जानकारी दिनुभयो ।

यस्तै गएराति नै मोरङको बेलबारी नगरपालिका–१० भाउन्ने जङ्गलमा नाम थर वतन खुल्न नसकेकी अन्दाजी २२ वर्षीया एक महिला मृत अवस्थामा भेटिएकी छन् । घटनास्थलमा इलाका प्रहरी कार्यालय बेलबारीबाट प्रहरीको टोली खटी अनुसन्धान सुरु गरेको छ ।