१६ चैत्र २०८०, शुक्रबार
Follow Us

निर्वाचनको मौन अवधि सुरु, सामाजिक सञ्जालबाट पनि प्रचार गर्न नपाईने

नेपालब्रिटेन डट कम्
१२ असार २०७४, सोमबार ०५:१६

काठमाडौं । दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि ‘मौन अवधि’ सुरु भएको छ । स्थानीय तह निर्वाचन निर्देशिका २०७३ को दफा ६९ ले मतदान हुनुभन्दा ४८ घण्टा अघिदेखि मतदान नसकिएसम्मको समयलाई ‘मौन अवधि’ भनेको छ ।

निर्देशिकाको दफा ६९ को १ अनुसार मौन अवधिमा कुनै पनि उम्मेदवारको पक्षमा प्रचार–प्रसार गर्न पाइँदैन । वेभसाइट, फेसबुक÷ट्वीटरजस्ता सामाजिक सञ्जाल वा अन्य कुनै माध्यमबाट पनि मत प्रभावित हुने गतिविधि गर्न रोक लगाइएको छ ।

मौन अवधिमा उम्मेदवार वा राजनीतिक दलको प्रचार, निर्वाचन चिन्ह अंकित सामग्रीको प्रदर्शन, दलसँग सम्बन्धित गीत–संगीतको प्रवद्र्धन र सभा तथा नारा–जुलुस गर्न पाइँदैन । यस्तै, उम्मेदवार वा राजनीतिक दलका पक्षमा खबर वा सूचना प्रकाशन÷प्रसारण गर्न पनि रोक लगाइएको छ ।

मतदान प्रारम्भ हुनुभन्दा तीन घण्टा अघिदेखि नसकिएसम्म मतदान केन्द्र रहेको घर, भवन वा क्षेत्रमा शान्ति भंग हुने गतिविधिमा प्रतिबन्ध लगाइन्छ । बाजागाजा, नाचगान, सभा–जुलुसका साथै हुलहुज्जत वा हो–हल्ला गर्न/गराउन पाइने छैन ।

मतदान अधिृकतले सूचना टाँसेर मौन अवधिको जानकारी गराउनु पर्ने व्यवस्था पनि निर्देशिकामा छ । निर्वाचनका लागि खटिएका कर्मचारीले यही अवधिमै मतदानका लागि आवश्यक पूर्वाधार निर्माण गर्ने छन् ।

मौन अवधिमा रोक लगाइएका गतिविधि गरी आचार–संहिता उल्लंघन गरे निर्देशिकाअनुसार २५ हजार जरिवाना, ऐनअनुसार एक वर्ष कैद र एक लाख रुपैयाँ जरिबाना तथा प्रतिस्पर्धीले नै उलंघन गरे उसको उम्मेदवारी रद्दसम्म हुनसक्ने कानूनी प्रबन्ध छ ।