१३ बैशाख २०८१, बिहीबार
Follow Us

शान्तिपूर्णरुपमा निर्वाचन सम्पन्न गर्न बेलायतको आग्रह

नेपालब्रिटेन डट कम्
१२ असार २०७४, सोमबार ११:४८

काठमाडौं- नेपाल स्थीति कूटनीतिक नियोगले दोस्रो चरणको स्थानीय तह निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न गर्न शुभकामना दिएका छन्। अमेरिकी दूतावासले एक विज्ञप्ति प्रकाशित गर्दै स्थानीय तह निर्वाचनको दोस्रो चरणलाई स्वतन्त्र, स्वच्छ तथा पारदर्शी रूपमा सम्पन्न गर्नका निम्ति नेपाल सरकार, निर्वाचन आयोग, नागरिक समाज, राजनीतिक दल र नागरिक लगायत सबै सरोकारवालाहरूले गरेको प्रयत्‍नको उच्च मूल्याङ्कन गरेको बताएको छ।

‘निर्वाचनद्वारा नै नागरिकले आफ्नो राजनीतिक इच्छा व्यक्त गर्दछन्। यस अधिकारलाई नेपालको कानुन र संविधानका साथै मानव अधिकारको विश्‍वव्यापी घोषणाको धारा २१ मा प्रत्याभूत गरिएको छ’, विज्ञप्तिमा भनिएको छ।

सुरक्षा निकायलाई पनि कर्तव्य पालना गर्दा संयम अपनाउन र प्रचलित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्डहरूको पालना गर्न आग्रह आग्रह गरेको छ।
यसैगरी काठमाडौंस्थित वेलायती दूतावासले पनि एक प्रेस नोट जारी गर्दै प्रदेश नं. १, ५ र ७ मा भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न वातावरण तयार पार्न सबै पक्षलाई आग्रह गरिएको छ।