१३ बैशाख २०८१, बिहीबार
Follow Us

नेपथ्यको आईफोन भिडियो सार्वजनिक

नेपालब्रिटेन डट कम्
१३ असार २०७४, मंगलवार १०:३७

नेपथ्यको २५ वर्षे उत्सवको कोसेली शृंखला स्वरुप आईफोन बाट खिचेको म्युजिक भिडियो सार्वजनिक भएको छ । यस भिडियोमा प्रयोग भएको गीत ‘घरको कुरा’ सन् २००४ को जून महिनामा लेखिएको हो जुन गीतलाई नेपथ्यले २००५ मा आफ्नो छैटौ एल्बम ‘घटना’मार्फत् श्रोता सामु ल्याएको थियो ।
२००४ मा नेपाल लडाईंको चपेटामा रहेको बेला अमेरिका यात्राको बेला लेखिएको यो गीत ÷ कविताको भिडियो भने नेपथ्यले २०१६ मा अमेरिका यात्रा गर्दा आईफोनबाट खिचिएको हो ।

ूबिदेश जाँदा घरको सुखदुख साट्न साथी खोज्दा सबै ब्यस्त पाएँ । कार्यक्रमको बेला बोल्न खोज्दा सबै नाच्ने गीत मै रमाउन चाहे ।ू नेपथ्यका अमृत गुरुङले गीतको सृजना गर्भ उघारे । “यस्ता घटना विदेश यात्राको क्रममा नियमित भोग्छौं, मन कुडिन्छ, तर कलाकारको भावना न हो । हाम्रो काम दर्शक श्रोतालाई मनोरन्जन दिने हो, दिनैपर्छ । तर यस्ता कुराले मन बिथोल्छ अनि भावनालाई गीतमा पोख्यो… बस् ।“ अमृतले भने ।

ू२०१६ को अमेरिका यात्रामा हातको आइफोनबाट लिइएको भिडियो संगाल्दा संगाल्दै ती दृश्यहरू यही गीतको लागि उपयुक्त जस्तो लाग्यो, अनि अमेरिका पुगेपछि केहि झलकहरु खिचें । पछि नेपाल आएर पदम वज्राचार्यसँग सम्पादन गरेर हेर्दा यस्तो भिडियो बन्यो । मोसन ग्राफिक र शब्दहरु टाइटलको रुपमा राख्दा यस्तो दृश्य युक्त लिरीक भिडियो बन्यो ।ू भिडियो निर्माण बारे नेपालयका किरण श्रेष्ठले बताए। ूमलाई आइफोन भिडियोको प्रयोग गर्ने मन थियो, यस भिडियो मार्फत जुर्यो ।ू किरणले प्रष्ट्याए ।

भिडीयोमा अमृत, बिभिन्न ठाऊँ भौतारी हिंडेको देखिन्छ । बीचबीचमा उनले आफुले गरेको यात्रा र फोटो मार्फत् देशलाई सम्झन्छन् ।
यस गीतको शब्द, संगीत रचना र प्रस्तुति नेपथ्यले गरेको हो भने भिडियो नेपालयको निर्माणमा पदम बज्रचार्यले दृश्य सम्पादन गरेका हुन् । मोसन ग्राफिक र टाइटलिंग कथाहरु संस्थाका ससांक श्रेष्ठको टोलीले गरेको हो ।

नेपथ्यको छैठौं एल्बम प्रकाशित हुंदा नेपालमा माओवादी युद्ध जारी थियो । यस एल्बमलाई समालोचकहरुले युद्धको अभिलेख र शान्तिको लागि सांगीतिक प्रयासको रुपमा उल्लेख गरेका थिए ।
यसलाई नेपथ्यको च्यानल https://www.youtube.com/nepathyaofficial स्थित यो लिंक https://youtu.be/z_-5-cmu0fk मा हेर्न सकिन्छ ।