११ बैशाख २०८१, मंगलवार
Follow Us

बार्सिलोनाका बसमा नेपाल भ्रमणको निम्तो

नेपालब्रिटेन डट कम्
१३ असार २०७४, मंगलवार १०:४५

काठमाडौं—स्पेनको पर्यटकीय शहर बार्सिलोनामा यस सिजनमा आउने करिब १० लाख पर्यटकले नेपाल भ्रमणको निम्तो पाउने भएका छन्। स्पेनमा रहेका नेपालीहरुको समुहले बार्सिलोनका प्रमुख पर्यटकिय रुटमा गुडने लोकल बसहरुमा भिजिट नेपाल लेखिएका पोस्टरहरु टास्ने भएका हुन्।

बार्सिलोनाका चार रुटमा गुड्ने अटोबसमा पोस्टर राख्ने तयारी भइरहेको हो। स्थानीय ट्रम्प, मेट्रो र बस प्राधिकरण(टिएमबी अथोरिटी) सँग पहिलो चरणमा १५ दिन शुल्क दिएर विज्ञापनको सहमती भएको खरेलले जानकारी दिए।

कार्यक्रमको समन्वय गरिरहेका नेपाल पर्यटन बोर्डका मानार्थ प्रतिनिधि दीपक खरेलले स्पेनमा आउने विश्वभरका पर्यटकले नेपालका सुन्दर तस्विर सहितको निमन्त्रणाले पर्यटन प्रर्वद्धनमा टेवा पुग्ने बताए। उनका अनुसार जुलाई र अगस्तमा स्पेनमा समुन्द्रको आन्नद लिन विश्वभरका पर्यटक नेपाल आउछन्।

बार्सिलोनाका चार रुटमा गुड्ने अटोबसमा पोस्टर राख्ने तयारी भइरहेको हो। स्थानीय ट्रम्प, मेट्रो र बस प्राधिकरण(टिएमबी अथोरिटी) सँग पहिलो चरणमा १५ दिन शुल्क दिएर विज्ञापनको सहमती भएको खरेलले जानकारी दिए।

जुलाई दोस्रो सातादेखि अगष्ट महिनासम्म बार्सिलोनामा गुड्ने चार वटा लोकल बसहरुमा नेपालको पर्यटन प्रवर्द्धनका लागि पोस्टरहरु टाँसिने छन् । विज्ञापनका लागि खर्च स्पेनमा रहेका नेपालीहरुले गर्नेछन्। विज्ञापनका लागि करिव २ लाख ५० हजार रुपैयाँ (२ हजार १ सय ९० यूरो ) शनिबारसम्म संकलन भइसकेको छ।

‘स्पेनमा विश्व कै पर्यटकीय गन्तब्य शहर बार्सिलोनाका लोकल गाडीहरुमा नेपालको नाम जोड्न पाउनु सबैका लागि गौरवको बिषय हो, अन्य देशमा समेत यो प्रयासको थालनी होस भन्ने सन्देश हो,’ खरेलले भने।