१२ बैशाख २०८१, बुधबार
Follow Us

वेलायतका १८ हलमा ‘जात्रा’ लाग्ने

नेपालब्रिटेन डट कम्
१३ असार २०७४, मंगलवार ११:४४

लण्डन । प्रदिप भट्टराइले निर्देशन गरेको चलचित्र ‘जात्रा’ वेलायतका १८ वटा सिने हलमा प्रर्दशन हुने भएको छ । वेलायतका ठूला सिनेमा हल भ्यू सिनेमा, सिनेवल्ड, ओडेवन, सिनेम्यक्स, शो केस सिनेमाम्यक्स, लगायतमा प्रर्दशनीको तयारी गरिएको वितरक थर्टिटु बक्स बक्सका निर्दैशक अभि कोइरालाले जनाकारी दिए ।

जात्रा जुन ३० तारिख सन्डरट,१ जुलाईमा योर्क, २ जुलाईमा अल्डरशट, आस्फोर्ड, इडेनवारा, फेलथाम, वीलस्वीच, स्वीण्डन, वेल्मी, रेडिङ, क्याम्वोर्ली, फानवारो, ह्यारो, नैनिटन, फिटरवारो लगायतका हलमा प्रर्दशनको तयारी गरिएको छ ।

कोइरालाका अनुसार ९ जुलाईमा एवर्डिन र १६ जुलाईमा क्याट्रिकका हलहरुमा प्रर्दशन हुनेछ । चलचित्रमा मुख्य रोलमा विपिन कार्की छन । कार्की सँगै रविन्द्रसिंह वानिया, रविन्द्र झा, वर्षा राउत लगायतका कलाकार छन ।

“न्यूरोडका तीन जना व्यापारीबीचको द्वन्द्व नै यो सिनेमाको मूख्य कथा रहेको छ । “नाई, कपडा र स्टेसनरी व्यापारीबीच पैसाका लागि भएको संघर्ष नै चलचित्र घुमेको छ ।”

रविन्द्र सिंह बानिया, सांगे लामा, यादव पौडेलको निर्माण रहेको चलचित्र कात्तिक महिनामा पहिलो पटक रिलिज भएको हो ।