१६ चैत्र २०८०, शुक्रबार
Follow Us

एनआरएन लक्जेम्वर्गको अध्यक्षमा नारायण गुरुङ

नेपालब्रिटेन डट कम्
१३ असार २०७४, मंगलवार २१:१५

लक्जेम्बर्ग । गैरआवसीय नेपाली संघ (एनआएनए) लक्जेम्बर्गको चौंथो साधारण सभाबाट २०१७–२०१९ को लागि समाजसेवी तथा ब्यवसायि नारायण गुरुङको अध्यक्षमा नयाँ कार्य समिति चयन भएको छ । गुरुङ यस अघिको एनआरएनए लक्जेम्वर्गको प्रवक्त थिए । त्यस्तै अबिधेसनबाट उपाध्यक्षहरु बलकृष्ण सापकोटा ,रमाकान्त शर्मा तथा महिला उपाध्यक्षमा शान्ति सापकोटा निर्वाचित भएकी छन । महासचिवमा बिमलवाबु उपाध्यय निर्वाचित भएका छन, उनीले अधिल्लो कार्याकालमा पनि सफलताका साथ महासचिव भएर काम गरेका छन ।

यम बहादुर खत्री सचिव, झलक बहादुर महत खत्री सह–सचिव,युद्ध बहादुर थापा क्षेत्री केषाध्यक्ष,नारायण प्रसाद दवाडी सह–कोषध्यक्ष, शकुन्तला भट्टराई महिला प्रतिनिधि, बिश्वजित बहादुर थापा यूवा प्रतिनिधि चयन भएका छन । अधिबेसनबाट बालहरि राईलाई प्रवक्त चनन गरेको छ । कार्यसमिति सदस्यहरुमा बिष्ण खत्री, चाडुनारायण सापकोटा, दुर्गा थापा, हिमाल सापकोटा, खिमलाल पन्थी, कृष्ण पौडेल, माया न्यौपाने पौडेल, मिन बहादुर बस्नेत, मित्रलाल शर्मा, नव ज्योति निउरे, प्रेम गोले, राजन सापकोटा, राजु गौतम, यम बहादुर थापा निर्वाचित भएका छन ।

समाजसेवी तथा ब्यवसीय हरिबहादुर खत्रीलाई अधिबेसनले आईसीसी सदस्यमा चयन गरेको छ । खत्री अघिल्लो कार्याकालमा पनि आईसीसी सदस्यमा चयन भएका थिए । त्यस्तै एनआरएनए लक्जेम्वर्गको सल्लाहकारमा चन्द्रबहादुर थापा, दुर्गा बहादुर निउरे, कृष्ण बहादुर खनाल, सुमन सिंहबस्नेत चयन भएका छन । एनआरएनए लक्जेम्वर्गको यूरोपमा आफ्नो बिशेषता रहेको छ ।

२५ जुनमा सम्पन्न अधिबेसनमा एनआरएनएका अभियन्ताहरु पुर्वअध्यक्ष तथा प्रमुख संरक्षक जिबा लामिछाने, संरक्षक रामप्रताप थापा, आईसिसी उपाध्यक्ष कुमार पन्त, सचिब अर्जुन कुमार श्रेष्ठ, महिला संयोजक सपिला राजभण्डारी, महिला उप–संयोजक रजनी प्रधान, यूरोप संयोजक कुलआचार्य, उप–संयोजक प्रेम गुरुङ लगायतका विशिष्ट अतिथीहरुको बाक्लो उपस्थिति रहेको थियो