१४ बैशाख २०८१, शुक्रबार
Follow Us

घाइते देवनारायण उपचारका लागि काठमाडौंमा

नेपालब्रिटेन डट कम्
१५ श्रावण २०७३, शनिबार १५:५७

काठमाडौं । सप्तरीको तिलाठीमा साउन १३ गते भारतीय पक्षबाट दशगजामा नदीको बहाव थुनेर तटबन्ध बनाएपछिको झडपमा घाइते हुनुभएका पूर्व जिविस सदस्य देवनारायण यादवलाई उपचारका लागि आज काठमाडौँ ल्याइएको छ ।
‘राष्ट्रिय स्वाधीनताका लागि युवा अभियान’ नामक अनौपचारिक समूहको पहलमा यादवलाई स्वयम्भूस्थित प्रस्तावित मनमोहन शिक्षण अस्पतालमा भर्ना गरिएको छ । अभियानको पहलमा विराटनगरबाट विमानमा यादवलाई काठमाडौँ ल्याइएको अभियानद्वारा आज जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यादवलाई आवश्यक उपचारको सम्पूर्ण व्यवस्थासहित काठमाडौँमा रहँदा लाग्ने खर्च अभियानले नै जुटाउने अभियानका सदस्य राजेश राईले जानकारी दिनुभयो । घाइते यादवलाई प्रधानमन्त्री केपी शर्मा ओलीले पनि भेट्ने कार्यक्रम रहेको बुझिएको छ ।