८ बैशाख २०८१, शनिबार
Follow Us

एमालेको मेयरमा प्रस्तावित उम्मेदवार फोरममा

नेपालब्रिटेन डट कम्
१४ असार २०७४, बुधबार ०८:१२

वीरगन्ज – वीरगन्ज महानगरबाट मेयरको लागि नेकपा एमाले पार्टीबाट सिफारिस भएका पुराना नेता सुन्दर कुर्मीले सो पार्टी परित्यागको घोषणा गरेका छन् । पार्टीका नेताले सिफारिसमा नपरेका नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक बसरुद्दीन अन्सारीलाई मेयरको टिकट पैसा लिएर दिएको आरोप लगाउदै उनले वीरगन्जमा बुधबार विहान पत्रकार सम्मेलन गर्दै यस्तो घोषणा गरेका हुन्।

उनले चाँडै संघीय समाजवादी फोरम नेपालमा प्रवेश गर्ने जानकारी समेत दिए । ‘नेकपा एमालेका कार्यकर्ताहरू पार्टी, मधेस र मधेसी प्रति इमान्दार रहे पनि नेतृत्व वर्गमा इमान्दारिता देखिएन । आज देश ऐतिहासिक रुपमा स्थानीय तहको निर्वाचनमा भाग लिरहेकोमा पार्टीका कार्यकर्ताहरुलाई पनि यसमा भूमिकाको खोजी रहेको बेला पार्टी भित्रको लगानी, योगदान, निष्ठा भएका कार्यकर्ताहरुलाई पाखा लगाउदै पैसाको लागि नेताहरुले पार्टीलाई बेचेको घट्ना दुखद छ,’ लोकतान्त्रिक मधेसी संगठको पर्सा जिल्ला अध्यक्ष समेत रहेका नेता कुर्मीले भने, ‘योगदान भएकाहरुलाई नजर अन्दाज गर्दै वीरगन्जमा मेयरको टिकट पैसा लिएर दिने काम भएपछि नेकपा एमालेबाट हाम्रो मोह भंग भएको छ ।