७ बैशाख २०८१, शुक्रबार
Follow Us

अमेरिकाको टेक्ससमा बुद्ध र वीपीको सालिक स्थापना गरिने

नेपालब्रिटेन डट कम्
१४ असार २०७४, बुधबार ०८:१४

होमप्रसाद लम्साल ।
अमेरिकाको टेक्सस राज्यस्थित अर्भिंग सहरका मेयर रिक स्टोफरले शान्तिका दूत गौतम बुद्ध र नेपाली राजनीतिका शिखर पुरुष वीपी कोइरालाको शालीक स्थापनाका लागि पहल गर्ने अश्वासन दिएका छन्। टेक्सासको अर्भिडमा नेपाली संस्था यति चेम्बर अफ कमर्शले गरेको कार्यक्रममा बोल्दै मेयर स्टोफरले नेपाली समुदायको अनुरोध अनुसार सालिक स्थापनाका लागि सहयोग गर्ने वचनवद्धता प्रकट गरेका हुन्।

नेपाली समाज टेक्ससका सभापति कृष्ण लामिछानेले यस अघि नै गरेको अनुरोधको जवाफ स्वरुप कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मेयर स्टोफरले सालिक स्थापनाका लागि सहयोग गर्ने जनाएका हुन्।

नेपाली समाजका अध्यक्ष लामिछानेले अर्भिंगको कुनै पार्कमा विश्वशान्तिका दूत भगवान् गौतम बुद्ध र महामानव वीपी कोइरालाको प्रतिमा स्थापना गर्नका जमिन उपलब्ध गराउन अनुरोध गरेका थिए। चाँडोभन्दा चाँडो प्रतिमा स्थापनाका लागि जग्गा उपलब्ध गराउन पहल शुरु गर्ने मेयर स्टोफरले बताएपछि नेपाली समाजले खुसी व्यक्त गरेको छ।
नेपाली समाजका अध्यक्ष लामिछानेले अर्भिंगको कुनै पार्कमा विश्वशान्तिका दूत भगवान् गौतम बुद्ध र महामानव वीपी कोइरालाको प्रतिमा स्थापना गर्नका जमिन उपलब्ध गराउन अनुरोध गरेका थिए। चाँडोभन्दा चाँडो प्रतिमा स्थापनाका लागि जग्गा उपलब्ध गराउन पहल शुरु गर्ने मेयर स्टोफरले बताएपछि नेपाली समाजले खुसी व्यक्त गरेको छ।

नेपालीहरुको बाक्लो बसोबास क्षेत्र भएकोले मेयर आजकाल नेपालीको कार्यक्रममा उपस्थित हुन थालेका छन्। यो नेपालीहरुप्रतिको सम्मनाका रुपमा बुझ्नु पर्ने समाजका अध्यक्ष लामीछानेले बताए।

अध्यक्ष लामीछानेका अनुसार आगामी दिनमा समाजले यूलेस र डालासका मेगरहरुसँग पनि नियमित अन्र्तक्रिया गर्ने जानकारी दिए। कार्यक्रममा नेपाली समाज टेक्ससका सभापति तथा यति चेम्बर कार्यसमिति सदस्य कृष्ण लामिछानेले मेयर स्टोफर र उनकी पत्नी मेलिना स्टोफरलाई संस्थाको तर्फबाट लोगो प्रदान गरेका थिए।

उनले नेपाली समाज टेक्सासको इतिहासमै पहिलो पटक स्थानीय प्रशासनसँग बसेर अन्तरक्रिया गर्ने यो अवसरले आफू उत्साही भएको बताए।

मेयर स्टोफरले कम आय हुने नेपालीलाई सहुलियत दरमा अपार्टमेन्टको व्यबस्था, स्थानीय ठुला ब्यपारिक फर्महरूसँग समन्वय गरेर नेपाली समुदायका लागि रोजगारीको वातावरण सिर्जना गर्न र स्थानीय कलेज तथा विश्व बिद्यालयमा अध्ययन गर्ने नेपाली बिधार्थीलाई सहुलियत दरमा अध्ययनको व्यवस्था गर्न आफू एवं नगर प्रशासनले सक्दो प्रयास गर्ने बताएका थिए।

डेढ महिना अघि भएको निर्वाचनमा स्टोफर मेयर निवार्चित भएका हुन्। यति चेम्बर स्थानीय नेपाली ब्यबसायीहरुको संस्था हो। यति चेम्बरको योजना तथा नेपाली समाज टेक्सस (एनएसटी) र नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र (एनसीएससी)को विशेष संयोजनमा नव निवार्चित मेयर स्टोफरसँग अन्तरकृया भएको हो।

कार्यक्रममा चेम्बर कार्यसमिति सदस्य हरिबोल भण्डारीले मेयर स्टोफर र उनकी पत्नी मेलिना स्टोफर सहित समस्त उपस्थित अतिथिहरुलाई स्वागत गर्दै नेपालको गोकर्णेश्वर नगरपालिका र अर्भिंग सहरबीच ’सिस्टर सिटी’ को सम्बन्ध स्थापनाका लागि प्रस्ताव राखेका थिए।

चेम्बर कार्य समिति सदस्य मनोज सिग्देलले ड्यालसको नेपाली समुदायको समस्त तस्बिर झल्किने गरि विशेष प्रस्तुति पेस गरेका थिए ।

यति चेम्बरका सभापति वासुदेव भण्डारीले स्थानीय प्रशासन र नेपाली समुदायको सम्बन्ध आगामी दिनमा अझै प्रगाढ बन्ने विश्वास व्यक्त गर्दै यस्तो कार्यक्रमले सम्बन्धको धोका खुलेको बताए । डालस फोर्टवर्थ क्षेत्रका नेपाली व्यापारी तथा समुदायको तर्फबाट सभापति भण्डारीले मेयर स्टोफरलाई नेपाली टोपी र खुकुरी उपहार स्वरूप प्रदान गरेका थिए । त्यस्तै मेयर पत्नी मेलिनालाई पस्मिना उपहार दिएका थिए।