७ बैशाख २०८१, शुक्रबार
Follow Us

प्रधानमन्त्री देउवा सवार गाडी दुर्घटना

नेपालब्रिटेन डट कम्
१४ असार २०७४, बुधबार ०९:०२

प्रधानमन्त्री शेर बहादुर देउवा सवार रहेको गाडी दुर्घटनामा परेको छ । कैलालीको सदरमुकामबाट सहजपुरतिर जान लागेको स १ ख १५०३ नं को प्रहरीको गाडी सामान्य दूर्घटनामा परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख एसपी अर्जुन चन्द ठकुरीका अनुसार दुर्घटनामा परि १० जना प्रहरी घाईते भएका छन् । घाईते मध्ये चार जनाको अवस्था गम्भिर रहेको छ ।

तीब्र गतिका कारण गाडी सडकमै पल्टिएको उनले बताए ।