७ बैशाख २०८१, शुक्रबार
Follow Us

७०. ५ प्रतिशत मत खस्यो

नेपालब्रिटेन डट कम्
१४ असार २०७४, बुधबार १४:०२

स्थानीय तह दोस्रो चरणको निर्वाचनमा ७०. ५ प्रतिशत मतदान भएको छ। निर्वाचन आयोगले पत्रकार सम्मेलन गर्दै ७०. ५ प्रतिशत मतदान भएको जानकारी दियो। निर्वाचन आयोगले बुधबार शान्तपूर्णरुपमा दोस्रो चरणको निर्वाचन सम्पन्न भएको जनाएको छ। सोलुखुम्बुको

बुधबार प्रदेश नं १, ५ र ७ मा निर्वाचन भएको हो। प्रदेश नम्बर ३, ४ र ६ का दुई सय ८३ स्थानीय तहमा गत वैशाख ३१ गते पहिलो चरणअन्तर्गत निर्वाचन सम्पन्न भइसकेको छ । प्रदेश नम्बर २ को निर्वाचन आगामी असोज २ गतेका लागि तोकिएको छ।

बिहना ७ बजेदेखि साँझ ५ बजे सम्म मतदान अवधि निर्धारण गरिएको थियो। पहिलो चरणको निर्वाचनमा ७३ प्रतिशत मत खसेको थियो।

मतदानका लागि चार हजार पाँच सय ८१ मतदान स्थलमा आठ हजार तीन सय ६४ मतदान केन्द्र तोकिएका थिए।