८ बैशाख २०८१, शनिबार
Follow Us

गोर्खा सैनिकहरुले दोस्रो विश्व युद्धमा छोडिएको खुकुरी भेटाए

नेपालब्रिटेन डट कम्
१४ असार २०७४, बुधबार १४:५४

 

रोशन मेवाहाङ्ग ।

इटाली । बेलायती गोर्खा सैनिकहरुले ईटालीको क्यासिनो सहरस्थित हेङ्गम्यान डाँडामा अध्ययन गर्दा दोस्रो विश्वयुद्धमा उपहार दिएको खुकुरी फेला पारेका हुन् । स्थानियवासी डेमियानोले एक्कासी दोस्रो विश्व युद्धमा एक गोर्खा अफिसरले मायाको चिनो स्वरुप दिएको खुकुरी देखाएर गोर्खाहरुलाई चकित पारे ।

करिब ५ सय मिटर अग्लो उक्त डाडाको बारेमा क्याप्टेन राम राईले भने- ‘बादर पनि लडि झर्ने यस्तो भिरालो डाडामा पुर्खाहरुले कसरी लडाई लडे मलाई अचम्म लागिरहेको छ ।’ सियसयस कम्पनीका अफिसर कमान्डिङ मेजर राज राईले ७३ बर्ष पछि पूर्व गोर्खा सैनिकहरुले युद्धमा प्रयोग गरेको खुकुरी फेला पार्दा आफु भाबुक बने पनि लडाईको लागी निकै उत्साह बढेको बताए ।

सन् १९३९ बाट चर्किएको दोस्रो विश्व युद्ध झनै चर्किन थालेपछि आफनो देशलाई सुरक्षा दिनईटालीको मध्य भूभागमा रहेको करिब २ हजार मिटर अग्लो डाँडाँहरुमा जर्मनका हिटलरले आफ्नोसैनिकहरु सुरक्षाका लागि सन् १९४३ सेप्टेम्बरबाट तैनाथ गरेका अवकाश प्राप्त व्रिगेडियर जेनेरलरिचर्डले जानकारी दिए ।

सन् १९४४ मे महिनामा क्यासिनो सहरमा युद्ध सकेर फर्किन लाग्दा १र९ गोर्खा रेजिमेन्टका गोर्खाअफिसरले मायाको चिनो स्वरुप उक्त खुकुरी डेमियानोको काकालाई दिएको जानकारी गराए ।

दोस्रो विश्व युद्ध सन् १९४४ मा सकिए लगतै गोर्खा रेजिमेन्टका मुख्य कार्यलयले गोर्खा राईफल्सका सियसयस कम्पनीलाई युद्ध सम्मानको घोषणा गरेका थिए । करिब ७३ बर्ष पछि पहिलो चोटि दोस्रो गोर्खा राईफल्सका सैनिकहरुले रणभूमिको अध्यन गर्न ईटालीको क्यासिनो सहर गएका हुन् ।

2