१३ बैशाख २०८१, बिहीबार
Follow Us

बुटवल मेयरमा कांग्रेसकाे अग्रता

नेपालब्रिटेन डट कम्
१५ असार २०७४, बिहीबार ०८:०६

बुटवल। बुटवल उपमहानगरपालिकाको ४०० मत गणना सकिएको छ। पहिलो पटक सार्वजनिक भएको मत नतिजामा नेपाली कांग्रेसले अग्रता बनाएको छ।

वाड नम्बर १ को गणना हुँदा मेयर पदमा नेपाली कांग्रेसको रूख चिन्हमा २०३ मत प्राप्त भएको छ। निकट प्रतिस्पर्धामा नेकपा एमाले छ। एमालेको सुर्य चिन्हमा १३४ मत प्राप्त भएको छ।

उपमेयरमा नेपाली कांग्रेस र माअोवादी गठबन्धनका उम्मेद्वारलाई पछि पार्दै एमालेकी उम्मेद्वार गोमा आचार्य १५३ सहित अग्रता पाएकी छन्। उपमेयरमा कांग्रेस र नेकपा माओबादी केन्द्र गठबन्धनका जगतबहादुर पोखरेलले १२८ मत पाएका छन्।

कांग्रेससँग गठबन्धन गरेर उम्मेद्वार बनेका उपमेयरका माअोवादी उम्मेद्वारले मेयरले जस्तो मत नपाएपछि यहाँ माअोवादीले धक्का खाने प्रारम्भिक संकेत देखिएको छ। यसले कांग्रेसको मत माअोवादीलाई अपेक्षाकृत नगएको अनुमान गर्न थालिएको छ।

यस अगाडिको पहिलो चरण चुनावमा भरतपुरमा कांग्रेस-माअोवादी गठबन्धनमा कांग्रेसको मत माअोवादीमा अपेक्षाकृत नपरेको जस्तै अवस्था बुटवलमा पनि उपमेयरले भोग्ने संकेत देखिएको छ।

मेयरमा कांग्रेसको मत बढी भएपनि वडा नम्बर १ को वडा अध्यक्षमा भने सुर्यको मत अगाडि छ। वडाअध्यक्षका लागि सुर्यमा १४८ मत छ भने रूखको १०८ मत छ।

मेयर
नेपाली कांग्रेस र माअोवादी गठबन्धनका खेलराज पाण्डे- २०३
एमालेका शिब सुबेदी- १३४

उपमेयर
मालेकी गोमा आचार्य- १५३
उपमेयरमा कांग्रेस र नेकपा माओबादी केन्द्र गठबन्धनका जगतबहादुर पोखरेल- १२८

वडा अध्यक्ष
एमालेका महेन्द्र लिगल- १४८
कांग्रेसका नरेन्द्र बस्नेत- १०८