१३ बैशाख २०८१, बिहीबार
Follow Us

प्रधानन्यायाधीशमा पराजुलीको नाम सिफारिश

नेपालब्रिटेन डट कम्
१५ असार २०७४, बिहीबार १४:०६

संवैधानिक परिषद्ले कायममुकायम प्रधान न्यायाधीश गोपाल पराजुलीलाई प्रधानन्यायाधीश नियुक्त गर्न सिफारिश गर्ने निर्णय गरेको छ।

बिहीबार अपरान्ह बसेको परिषदको बैठकले पराजुलीलाई बैठकले सिफारिश गरेको हो । यसअघि असार ५ गते बसेको संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी नेता केपी शर्मा ओलीले पराजुलीको उमेर र शैक्षिक योग्यता विवादबारे अध्ययनका लागि समय आवश्यक रहेको बताएपछि प्रधानन्यायाधीश सिफारिस गर्न सकेको थिएन।

तर आजको बैठकमा ओलीले पराजुलीको नाममा समर्थन जनाएका हुन् । ओलीले पराजुलीलाई समर्थन गर्नुको भित्री कारण समेत आज खुलासा भएको छ । हालै सरकारले २२ वटा स्थानीय तहको संख्या थप्ने निर्णय गरेको थियो । उक्त निर्णयलाई सर्वोच्च अदालतले रोकेको थियो । अदालतले अन्तरिम आदेश जारी गरेर उक्त निर्णय तत्काल कार्यान्वयन नगर्न भनेको छ ।