८ बैशाख २०८१, शनिबार
Follow Us

फिल्म अवार्डका लागि लन्डन उत्रिए कलाकार (फोटो फिचर)

नेपालब्रिटेन डट कम्
१६ असार २०७४, शुक्रबार ०७:४६

लन्डन- बक्स अफिस फिल्म अवार्डका लागि नेपालका चर्चित कलाकारहरु बिहीबार बेलुका लन्डन आएका छन् ।

अवार्डका लागि कलाकारहरु साँझ हिथ्रो विमानस्थलमा उत्रिएका हुन् । कलाकारहरुलाई आयोजक थर्ड आईले स्वागत गरेको छ। १ जुलाई शनिबार बेलायत अल्डरसटस्थित एम्पायर हलमा अवार्ड हुनेछ ।

अवार्डका लागि कलाकारहरु करिष्मा मानन्धर, आर्यन सिग्देल, केकी अधिकारी, अशिष्मा नकर्मी, वर्षा सिवाकोटी, सुरबीना कार्की, नम्रता योगी, सलोन बस्नेत, अनुप विक्रम शाह, आर्यन अधिकारी, द्वन्द्व निर्देशक एनबी महर्जन, पुष्कर लामा, रामकुमार बोगटी, प्रदीप उदय, सुन्दर लाल, सुशील कुमार, गायक गायिका आनन्द कार्की, सन्जिवनी, संगीतकार शिखर सन्तोषलगायत लन्डन आएका छन् ।

आयोजक थर्ड आइका अनुसार अन्य कलाकारहरुसमेत बेलायत आउने तयारीमा छन् । अवार्डको तयारी तीव्र भइरहेको थर्ड आईका कार्यक्रम संयोजक विकास देवकोटाले जानकारी दिए ।

बेलायतमा पहिलो पटक हुन लागेको १० औं नेशनल बक्स अफिस फिल्म फेयर अवार्ड आयोजक विकाश देवकोटा, जीवन सेन, ओजेश सिंह, युवराज सिंह र करण तामाङ कांग्रेस नेता प्रबेस केशी, रिता गौतम सहित पत्रकार नविन पोखरेल, शिव भण्डारी, एभरेस्ट गौतम, वीरेन्द्र श्रेष्ठ पनि कलाकारको स्वागतका लागि विमानस्थल पुगेका थिए ।
19510263_1864575727196472_863114836395688734_n

19510328_1864576517196393_7150290211087128553_n

19554050_1864576120529766_3591847377576524558_n

19554308_1864575623863149_1945830522458539396_n

Photo: एभरेस्ट गौतम