७ बैशाख २०८१, शुक्रबार
Follow Us

गच्छदारको वडामा कांगेस र एमालेका वडाअध्यक्ष विजयी

नेपालब्रिटेन डट कम्
१६ असार २०७४, शुक्रबार ०७:५६

इटहरी- नेपाल लोकतान्त्रिक फोरम नेपालका अध्यक्ष विजयकुमार गच्छदारको गृह नगर सुनसरीको दुहवीका दुईवटा वडामा नेपाली कांग्रेस र एमालेका वडाअध्यक्ष विजयी भएका छन्। वडा नं. २ मा नेपाली कांग्रेसका वडा अध्यक्षका उम्मेदवार अर्जुनकमुार विश्ववास बिजयी भएका छन्।

उनले २८३ मत ल्याएर बिजयी भएका हुन्। लोकतान्त्रिक फोरमका ललितकुमार चौधरीले २७० मत ल्याए। वडा नं. २ बाट बाँकी सदस्य भने लोकतान्त्रिक फोरमले जितेको छ। वडा नं. १ मा एमालेका अजुल हुसेनसहित सबै सदस्यमा एमालेका बिजयी भएका छन्। मेयर र उपमेयरमा अहिलेसम्मको गणनामा लोकतान्त्रिक फोरमकै उम्मेदवारको अग्रता छ। लोकतान्त्रिक फोरमलाई एमालेले पछ्याई रहेको छ।

बराह नगरपालिका वडा नं. १ मा नेपाली काँग्रेसका वडाअध्यक्षका उम्मेदवार सुरेश श्रेष्ठको प्यानल विजयी भएको छ।

बर्जु गाउँपालिकामा माओवादी केन्द्रका अध्यक्षका उम्मेदवार सुरेन्द्र मेहताले ६८८ मत ल्याएर अग्रता कामय गरेका छन्। बर्जुको वडा नं. १ मा माओवादीका श्यामकुमार गुरुङ्ले ५६३ मत ल्याएर बिजयी भए। उनीसहित वडा नं. १ बाट अन्य सदस्यको पूरै प्यानल माओवादीका केन्द्रका बिजयी भए।