१४ बैशाख २०८१, शुक्रबार
Follow Us

विराटनगर महानगरपालिकामा काँग्रेसको अग्रता

नेपालब्रिटेन डट कम्
१६ असार २०७४, शुक्रबार ०८:३६

विराटनगर महानगरपालिकाको मतगणनामा नेपाली काँग्रेसले प्रारम्भिक अग्रता लिएको छ । यस महानगरपालिकाको बिहीबार साँझ ५ः३० बजेदेखि वडा नं १ को सुरु भएको मतगणनाको आज बिहान ६ बजेसम्ममा ३५० मतको गिन्ती सम्पन्न भएको छ ।

सो अनुसार महानगरको प्रमुख पदमा नेकाका भीम पराजुलीले १५२, नेकपा (एमाले)का विनोद ढकालले ९७, सङ्घीय समाजवादी फोरमका उमेश यादवले आठ र राप्रपाका प्रह्लाद साहले ६ मत प्राप्त गर्नुभएको छ ।

सोहीअनुरुप उपप्रमुख पदमा नेकाका इन्दिरा कार्कीले ११५, नेपाल लोकतान्त्रिक फोरमकी सूची चौधरीले ५७, नेकपा (माओवादी केन्द्र)की नमिता न्यौपानेले ४७ मत प्राप्त गर्नुभएको छ ।