१६ चैत्र २०८०, शुक्रबार
Follow Us

शीर्ष नेताहरु शितल निवासमा

नेपालब्रिटेन डट कम्
१६ श्रावण २०७३, आईतवार ०६:५६

काठमाडौं । सहमतीय सरकार निर्माणको समयसीमा तोकिएको आज अन्तिम दिन राष्ट्रपति विद्यादेवी भण्डारीले शीर्ष दलका नेताहरुलाई छलफलका लागि शितल निवास बोलाउनुभयो । प्रधानमन्त्री केपी शर्मा ओली, कांगे्रस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल छलफलका लागि राष्ट्रपति निवास पुग्नुभएको छ । अब बन्ने सरकार र संसदीय परिपाटीबारे राष्ट्रपति भण्डारीले शीर्ष दलका नेताहरुसँग छलफल गर्ने शितल निवास श्रोतले बताएको छ ।
सहमतीय सरकार बन्ने समय सीमा सकिएपछि अब राष्ट्रपतिले बहुमतीय सरकार निर्माणका लागि संसदलाई आह्वान गर्नु हुनेछ । त्यसका लागि शीर्ष दलका नेताहरु शितल निवास पुगेका हुन् ।