७ बैशाख २०८१, शुक्रबार
Follow Us

किन जाँदैछन परराष्ट्रमन्त्री महरा भारत

नेपालब्रिटेन डट कम्
१६ असार २०७४, शुक्रबार १५:०६

काठमाडौं । उपप्रधानमन्त्री कृष्णबहादुर महरा भारतका विदेशमन्त्री सुष्मा स्वराजको निमन्त्रणामा यही असार १८ देखि २० गतेसम्म भारत भ्रमणमा जाँदै हुनुहन्छ ।
भ्रमणका क्रममा पराष्ट्रमन्त्री महराले भारतीय समकक्षीसँग भेटी द्विपक्षीय हितका बारेमा विचारको आदानप्रदान गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको चाँजोपाँचो मिलाउन तथा भारतीय प्रधानमन्त्रीको सम्भावित नेपाल भ्रमणबारे समकक्षीसँग छलफल भारत जान लागेको बुझिएको छ ।