१४ बैशाख २०८१, शुक्रबार
Follow Us

घुस माग्ने सहायक वन अधिकृतविरुद्ध मुद्दा दायर

नेपालब्रिटेन डट कम्
१६ असार २०७४, शुक्रबार १५:१५

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलाका वन कार्यालय बर्दियाका सहायक वन अधिकृत राजकिशोरप्रसाद स्वर्णकारविरुद्ध विशेष अदालतमा आज मुद्दा दायर गरेको छ ।
आयोगका प्रवक्ता जीवराज कोइरालाका अनुसार कानुनअनुसार कटान अनुमति लिई कटान गरेको गोलिया काठको लगत मूल्याङ्कन गर्ने कार्यमा सहायक वन अधिकृत स्वर्णकारले रु छ हजार घुस मागेका थिए ।
सेवाग्राहीसँग घुस मागेको भन्ने सूचनाका आधारमा आयोगको टोलीले केही दिन पहिले सहायक वन अधिकृत स्वर्णकारलाई कार्यालय परिसरबाटै पक्राउ गरेको थियो । आयोगले आरोपीसँग बिगो असुल गरी हदैसम्मको कारबाहीको माग गरेको जनाएको छ ।