११ बैशाख २०८१, मंगलवार
Follow Us

प्रधानमन्त्री देउवाको गृहजिल्ला अमरगढी नगरपालिकामा एमाले विजयी

नेपालब्रिटेन डट कम्
१६ असार २०७४, शुक्रबार १५:२४

डडेल्धुरा । प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराको अमरगढी नगरपालिकामा एमालेले जित हात पारेको छ। नगर प्रमुखमा एमाले उम्मेदवार विपिन ओझा र उपप्रमुखमा एमालेकै संगीताकुमारी भण्डारी विजयी भएका छन् । जितको खुशियालीमा एमाले नेता तथा कार्यकर्ताले विजय जुलुस निकालेका छन् ।
डडेल्धुराको गन्यापधुरा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका नवल मल्ल तीन हजार ३६९ र कमला ठगुन्ना तीन हजार ४०७ मत प्राप्त गरी विजयी भएका छन् । मल्लका प्रतिद्वन्द्वी नेकपा एमालेका वीरेन्द्र मल्लले एक हजार ९४६ र ठगुन्नाका प्रतिद्वन्द्वी कृष्णा ओझाले एक हजार ८७३ मत प्राप्त गरेका छन् ।
त्यसैगरी, आलिताल गाउँपालिका अध्यक्षमा कांग्रेसकै बलबहादुर गुरुङ दुई हजार २६१ र उपाध्यक्षमा जलादेवी बोगटी दुई हजार २४२ मत प्राप्त गरी विजयी भएका छन् ।
उनीहरुका प्रतिद्वन्द्वी क्रमशः माओवादी केन्द्रका जगत पार्कीले दुई हजार ९८ र उपाध्यक्षका उम्मेदवार हरिना खत्रीले एक हजार ९९४ मत प्राप्त गरेका छन् ।
त्यस्तै, भागेश्वर गाउँपालिकामा अध्यक्षमा कौशिला भट्ट दुई हजार सात र उपाध्यक्षमा पदम बोहरा एक हजार ८४४ मत प्राप्त गरी विजयी भएका छन् । उनीहरुका प्रतिद्वन्द्वी क्रमशः एमालेका विष्णु ठकुराठीले एक हजार ८४४ र कमला मालीले एक हजार ४९५ मत ल्याएका छन् ।